Advertisement

बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात, ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान

Advertisement

बाजुराबाट यस वर्ष करिब ५ सय कुईन्टल स्याउ निर्यात गरिएको छ । किसानहरूले उत्पादन गरेको स्याउ जिल्लाबाहिरका बजारतर्फ निर्यात गरिएको हो ।
नेपालगञ्ज, धनगढी र सुर्खेतका बजारमा करिब ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान गरिएको छ।
जिल्लाको करिब ५०४ हेक्टर क्षेत्रफलमा स्याउका बगैँचा फैलिएका छन्, जसमध्ये २०८ हेक्टरमा उत्पादन भइरहेको छ। स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा जस्ता उच्च पहाडी क्षेत्रमा स्याउ खेती फस्टाएको छ। करिब २ सयभन्दा बढी किसान व्यावसायिक रूपमा स्याउ खेतीमा संलग्न छन्।
तर, मनसुनको समयमा सडक अवरुद्ध हुने र ढुवानीमा समस्या आउने भएकाले धेरै स्याउ बारीमै कुहिने वा गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था आउने गरेको किसानहरूको गुनासो छ।
कृषि ज्ञान केन्द्र, बाजुराका प्रमुख जसिराम साहनीका अनुसार बजार अभाव, ढुवानी कठिनाइ र गुणस्तर विभाजनको ज्ञान नहुँदा किसानले अपेक्षित आम्दानी पाउन नसकेका छन्। केन्द्रले प्याकेजिङ र ढुवानीमा ५० प्रतिशत अनुदान उपलब्ध गराए पनि सडक अभावका कारण प्रभावकारी हुन नसकेको उनले बताए।
साहनीका अनुसार, स्याउलाई ग्रेडिङ गरेर बिक्री गर्न सके किसानको आम्दानी दोब्बर हुन सक्छ। गुणस्तर अनुसार छुट्याएर बेच्ने र कमजोर स्याउबाट जुस, जाम, वा वाइनजस्ता प्रशोधित उत्पादन बनाउन सके स्याउ खेतीले बाजुराको आर्थिक समृद्धिमा ठूलो योगदान दिन सक्ने बताइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज