Advertisement

दसैं-तिहारको विदा रमाइलोमा होइन, विद्यालयका लागि भारतमा चन्दा संकलनमा व्यस्त प्रधानाध्यापक- बोहरा

Advertisement

बझाङ- अहिले हिन्दु धर्मावलम्बीहरूमा दसैं-तिहारको रौनकता छाएको छ। यस क्रममा अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरूमा बिदा दिइएको छ भने कर्मचारीहरू घर-परिवार र आफन्तसँग भेटघाट गर्दै चाडपर्व, रमाइलो गर्ने तयारीमा छन्। तर, बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल बोहरा भने फरक उदेश्यका साथ भारतमा छन्।
दसैं-तिहारको बिदालाई केवल रमाइलोमा सीमित नगरी भविष्यका पुस्ताका लागि केही योगदान गर्ने सोचका साथ प्रधानाध्यापक बोहरा असोज ८ गते भारत प्रस्थान गरे । उनी अहिले बैंगलोरलगायतका सहरमा रहेका नेपाली दाजुभाइहरूसँग विद्यालयका लागि चन्दा संकलनमा तल्लीन छन्।
विद्यालयलाई प्रविधिमैत्री र बालमैत्री बनाउन चन्दा संकलन अभियान सञ्चालन गरिएको हो। नयाँ प्रविधि युगसँगै साना–साना बालबालिकालाई सानैदेखि आधुनिकतर्फ लैजान तथा विकट क्षेत्रमा भए पनि विद्यालयलाई नमुना (आदर्श) बनाउन सकियोस् भन्ने लक्ष्यसहित यो अभियान अघि बढाइएको छ।
यस अभियानमार्फत विद्यालयमा कम्प्युटर (ICT) ल्याब स्थापना गर्ने र विद्यार्थीलाई रमाइलो वातावरणमा सिक्न प्रेरित गर्न चिल्ड्रेन पार्क निर्माण गर्ने योजना रहेको बोहराले जानकारी दिए। उनका अनुसार, “प्रविधि बिना शिक्षालाई अबको समयसँग मेल खान सकिँदैन। हाम्रा विद्यार्थीहरू खेल्दै–खेल्दै सिकून्, कम्प्युटर चलाउँदै विश्वसँग जोडिउन भन्ने हाम्रो चाहना हो। प्रवासी दाजुभाइहरूको सहयोगले यो सपना पूरा हुने दिशामा कदम चालेका छौँ।”
बैंगलोरमा रहेका नेपाली दाजुभाइहरूले आफन्तसँग चाडपर्व मनाउने मात्र नभई गाउँ-घर सम्झँदै विद्यालयका लागि खुलेर सहयोग गरेका छन्। विद्यालय परिवारले पनि प्रवासी नेपालीप्रति विशेष आभार प्रकट गर्दै उनीहरूको सहयोगले गाउँस्तरमै आधुनिक शैक्षिक पूर्वाधार निर्माणको नयाँ उदाहरण स्थापना भएको जनाएको छ।
प्रधानाध्यापक बोहराले भारत पुगेको दिनदेखि सुरु गरिएको चन्दा संकलन अभियानअन्तर्गत हालसम्म करिब ६ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन्। बिहानदेखि राति १२ बजेसम्म निरन्तर अभियानमा खटिएका बोहराले अझै ४–५ दिन भारतमै चन्दा संकलन जारी रहने बताए।
उनले नेपाल फर्किएपछि पनि विद्यालयको हितका लागि चन्दा संकलन अभियान निरन्तरता दिने योजना बनाएका छन्।
बोहराले भने, “धन–सम्पत्ति कमाउनु मेरो लक्ष्य होइन। समाजका लागि सकेको योगदान गर्ने चाहना हो। मलाई एक छाक खान पुगे हुन्छ, तर बालबालिकाको भविष्य उज्ज्वल बनाउन सानोतिनो भए पनि केही गर्न पाएकोमा खुसी छु।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज