Advertisement

भारी वर्षाले देशभर सडक अवरुद्ध, यात्रु बीच बाटोमै,,सरकारद्धारा आइतबार र सोमबार बिदाको घोषणा, जोखिम अझै कायमै

Advertisement

अविरल वर्षाका कारण देशभर जनजीवन अस्तव्यस्त बनेको छ। शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार बिहानदेखि देशभर फैलिएको छ।दशैं मनाएर कार्यस्थल फर्किँदै गरेका यात्रुहरू देशका विभिन्न सडक खण्डमा बीच बाटोमै अलपत्र परेका छन्। कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण, कुलेखानी र पासाङ ल्हामु लगायतका प्रमुख राजमार्गहरू अवरुद्ध छन्। सरकारले राहतस्वरूप आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसले बाटोमै रोकिएका र घरमा रहेका नागरिकको केही राहत दिएको छ।
गृह मन्त्रालयका अनुसार राजमार्गमा फँसेका यात्रुहरूलाई सुरक्षित स्थानमा पु¥याउन उद्धार कार्य जारी छ। विभिन्न युनिटहरू परिचालनमा छन् र हालसम्म ठूलो मानवीय क्षति भने भएको छैन। बाटोमा अलपत्र परेका यात्रुलाई काभ्रे, चितवन र कोशी राजमार्गलगायतका क्षेत्रमा स्थानीय होटल व्यवसायीहरूले खाना र बासको व्यवस्था मिलाएका छन्। गृह मन्त्रालयले सहजीकरणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
पाँचथरको कुम्मायक गाउँपालिकाको कात्तिके डाँडामा बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन्। त्यस्तै गोसाईंकुण्ड गाउँपालिका–४ मा बेरिङ खोल्साले बगाउँदा भक्तपुरका ४ जना बेपत्ता भएका छन्। भने कटहरिया नगरपालिका–२ मा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। रौतहटमा डुबानसमेत भएको छ, जहाँ पछिल्लो १२ घण्टामा महेशपुरमा ३२६ मिलिमिटर वर्षा र गौरमा ३०४ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै मौसम बिग्रँदै जाँदा आन्तरिक उडान पूर्णरूपमा बन्द छन् भने केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन्। विमानस्थलले मौसम सुध्रिएपछि मात्रै उडान सञ्चालन हुने जनाएको छ। मौसमविद्हरूका अनुसार आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी जिल्लाहरूमा थप भारी वर्षा हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार, “अझै संकट टरेको छैन। रातभर अति भारी वर्षाको सम्भावना छ, सोमबारसम्म सतर्कता आवश्यक छ।”
मधेशको पश्चिमी भागमा पछिल्ला २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी पानी परेको छ। अब विकसित मौसम प्रणाली पूर्वी नेपालतर्फ सर्दैछ। मौसमविद्हरूले आइतबार साँझदेखि इलाम र झापासम्म भारी वर्षाको सम्भावना चेतावनी दिएका छन्।
जोशीका अनुसार, “महाभारत र चुरे क्षेत्रमा साना बाढी र पहिरोको जोखिम उच्च छ। जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सूचना र सतर्कता सन्देश पठाइएको छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज