Advertisement

बित्थडमा प्रथम बित्थड कप २०८२ सुरू

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१, माथिल्लो बित्थड खेलमैदानमा प्रथम बित्थड कप–२०८२ वडा स्तरिय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरू भएको छ। प्रतियोगिता राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटिद्वारा आयोजना गरिएको हो।

प्रतियोगितामा गाउँपालिकाभित्रका १९ टिम सहभागी छन्। पहिलो दिन दुई खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा बित्थडचिर–८ को दाजुभाई अटो वर्कसप ले बित्थडचिर–३ को नरबहादुर स्मृति क्लबलाई पराजित गर्दै विजयी भयो।
यस्तै, दोस्रो खेलमा वडा नं. २ ‘बि’ र बित्थड युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो, जसमा बित्थड युथ क्लब विजयी भयो।

राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटीका अध्यक्ष तारा बोहराको अध्यक्षतामा उद्घाटन भएको समारोहमा बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन धामी प्रमुख अतिथि रहनुभएको थियोे । उनले जिल्लामा खेलमैदानको अभावका बाबजुद ठूलो स्तरमा प्रतियोगिता आयोजना हुनु सकारात्मक पक्ष भएको बताए। साथै बझाङले सम्झना धामी, अशोक धामी जस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी जन्माइसकेको उल्लेख गर्दै क्रिकेटको विकासका लागि सबैलाई सहयोग गर्न आग्रह गरे।

प्रतियोगिताको विजेता टिमले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल, उपविजेताले १४ हजार ४४४ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। खेल राउन्ड सेभन मा १२ ओभर र फाइनलमा १५ ओभरको हुनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज