Advertisement

जनशक्ति युवा क्लब खोरीद्वारा आयोजित क्रिकेटको उपाधि आयोजकलाई नै

Advertisement

बझाङ- छबिसपाथिभेरा गाउँपालिका–७ मा आयोजित क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । हिन्दुहरूको महान पर्व विजया दशमी २०८२ को अवसरमा जनशक्ति युवा क्लब खोरीले आयोजना गरेको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । खेल र खेलाडीको विकास गर्न आयोजित प्रतियोगिताको उपाधि आयोजक जनशक्ति युवा क्लबले हात पारेको छ । दानछडा खेलमैदानमा भएको फाइनल खेलमा हिमाल स्मृति लेकगाउँले हराउँदै उपाधि हात पारेको हो।

पहिले ब्याटिङ गरेको हिमाल स्मृतिले १० ओभरमा जम्मा ७५ रन बनाएको थियो। त्यसपछि आयोजक जनशक्ति युवा क्लबका खेलाडीहरूले सहज प्रदर्शन गर्दै १० बल बाँकी छँदै लक्ष्य पछ्याउँदै विजयी बनेका स्थानीय तिलक बोहराले कामना टुडेलाई जानकारी दिए ।

उपाधि बिजेता आयोजकले नगद ४५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उपविजेता हिमाल स्मृतिले नगद १५ हजार पुरस्कार पाएको छ ।
असोज ११ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ वटा टिमको सहभागिता रहेको थियोे ।

क्रिकेट पछिल्लो समय निकै लोकप्रिय खेल बन्दैछ , कुनै विशेष चाड पर्व आउन हुन्न, क्रिकेट प्रतियोगिताको वर्षा नै हुन्छ । यी प्रतियोगिता कुनै उपयुक्त खेलमैदान हुँदैनन् , कतै खेतबारीमा त कतै विद्यालयको फिल्डमा हुन्छन् ।

यहीँ बझाङी माटोमा खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी पुगेका छन् । तर विडम्बना बझाङका कुनै ठाउँमा उपयुक्त खेल मैदान छैन । यहीँ खेल मैदान अभावका कारण दर्जनौं खेलाडीको प्रतिभा लुकेर बसेको छ । यसमा सरोकारवालाको कहिले ध्यानाकर्षण होला, कुनै अत्तोपत्तो छैन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज