Advertisement

महाअष्टमीमा महागौरी देवीको पूजा, पञ्चबलि दिने परम्परा

Advertisement

बडादशैं तथा नवरात्रको आठौँ दिन आज दशैंघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

यस दिन दशैंघर, कोत र देशभरका विभिन्न शक्तिपीठमा बलिसहित दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। भक्तजनहरूले आफ्ना कुलदेवी, देवता तथा स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने चलन छ भने सात्विकहरू नरिवल, कुभिण्डो, केरा, घिरौँला जस्ता फल अर्पण गर्छन्।

काठमाडौंको दशैंघर हनुमानढोकास्थित मूल चोकमा तलेजु भवानीलाई परम्पराअनुसार ५४ राँगा र ५४ बोका बलि दिने प्रथा रहेको छ। महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानी रातभर गुप्तपूजा गर्ने चलन छ।

विशेषगरी आजको दिन पञ्चबलि दिने परम्परा छ, जसमा बोका, राँगा, परेवा, हाँस र भेडा पर्दछन्। धार्मिक ग्रन्थअनुसार यी पाँच पशु बलि प्रतीक मात्र हुन्, जसले अंहकार, मोह, मद, लोभ र बिक्रित प्रवृत्तिलाई त्याग्ने सन्देश दिन्छन्। कतिपयको भनाइमा पशुत्व भाव हटाउन पञ्चबलिको प्रतिकात्मक प्रचलन गरिएको हो।

महागौरी देवीलाई सेतो वृषभमाथि आरूढ, गोरो वर्ण र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा चित्रण गरिएको छ। नवरात्रमा देवीको आराधना गर्नेले शक्ति, ऐश्वर्य र विद्या प्राप्त गर्ने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज