Advertisement

केदारस्यूँ गाउँपालिकाद्धारा दसैं–तिहार लक्षित बजार अनुगमन, २१ हजार बराबरका म्याद नाघेका सामग्री नष्ट

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आउँदै गरेको दसैं–तिहारलाई लक्षित गरी बजार अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक मनिषा धामीको संयोजकत्वमा आज देउरा, झोता र बागथला बजार क्षेत्रमा अनुगमन गरिएको हो ।
दसैं तिहारका लागि उपभोक्ताले दैनिक उपभोग्य लगायतका सरसामान किन्नका लागि बजारमा भिडभाड हुने गरेको छ । यहीं मौका छोपेर व्यापारीहरूले गुणस्तर हिन् म्याद नाघेको सामान बिक्रीवितरण तथा चर्को मुल्य असुल्न सक्ने भन्दै पालिकाले अनुगमन गरेको उपाध्यक्ष मनिषा धामीले बताए ।
उनले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पालिकाका मुख्य र अन्य बजार क्षेत्रमा अनुगमन तथा जनचेतना फैलाएको समेत बताए ।
अनुगमनका क्रममा दैनिक उपभोग्य सामग्री तेल, नुन, चामल, दाल, मसला, ग्यास, तरकारी, फलफूललगायत वस्तुहरूको मूल्य, गुणस्तर र म्याद सम्बन्धी पक्षमा निरीक्षण गरिएको थियो ।
अनुगमन टोलीले बजारमा म्याद नाघेका सामान बिक्री नगर्न, उपभोक्तालाई ठगी नगरी निर्धारित मूल्यमै बिक्री वितरण गर्न व्यवसायीलाई निर्देशन दिएको छ
अनुगमनका क्रममा विभिन्न होटल तथा पसलमा रहेका दैनिक उपभोग्य सामग्रीमध्ये म्याद नाघेका तेल, सोयाबिन, आटा, शस, सुजी, फुर्टी, जुस भेनिगर शस, चाउचाउ, बिस्कुट, नमकिन लगायत विभिन्न सामग्री बरामद गरी नष्ट गरिएको छ । यस क्रममा करिब २१ हजार रुपैयाँ बराबरको म्याद नाघेको सामग्री नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीले व्यवसायीलाई उपभोक्ता ठगी नगरी निर्धारित मूल्यमै गुणस्तरीय सामग्री बिक्री गर्न निर्देशन दिएको छ । पालिकाले चाडपर्वमा उपभोक्ता मारमा नपार्नका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
अनुगमन कार्यक्रम केदारस्युँ गाउँपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको उपस्थितिमा सम्पन्न भएको थियो ।
अनुगमन कार्यक्रम अनुगमन समिति संयोजक धामी, सदस्य अम्मराज बिष्ट ,लेखराज रावल, बिष्णु बोहरा, वडा नं २ का अध्यक्ष शेरबहादुर बिष्ट लगायत पालिका उद्यम शाखाका प्रतिनिधि धर्म जेठारा , अन्य कर्मचारी जनप्रतिनिधि , जिल्ला प्रशासन कार्यालयका रोमन चौधरी घरेलु कार्यालयबाट दसरथ जप्रेल, सुरक्षाकर्मी पत्रकारको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज