Advertisement

बझाङमा कारागारबाट फरार कैदीलाई नियन्त्रणमा लिन खोज्दा भीरबाट हामफाले, एक गम्भीर घाइते, अर्का पक्राउ

Advertisement

बझाङ- बझाङमा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेको पाइएको छ ।
भदौ २३ र २४ गते देशव्यापी रुपमा जेन-जी समुहले गरेको आन्दोलनका क्रममा कारागारबाट भागेका २ जना कैदीलाई बित्थडचिर गाउँपालिकाको स्याँडीबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेका हुन् ।
कर्तव्य ज्यान सम्बन्धि मुद्दामा सजाय भोगिरहेका जाजरकोट, भेरी नगरपालिका-४ का उदिप भनिने रोहन सुनार र चन्द्रबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिनखोज्दा २५ गते राति ११ बजेको समयमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार हामफालेका सुनार भीरबाट करिब तीन सय मिटर तल खसेका थिए। सुनारको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ। उनी अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन । उनको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको र स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।

संगैका पुन भने भीरबाट हाम फाल्नेबितिकै अड्किदा कुनै चोटपटक लागेको थिएन् । उनलाई त्यहीँबाट प्रहरीले नियन्त्रणमा लिएको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज