काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाड्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिंदै ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ खोलेर अघि बढ्ने घोषणा गरेका हुन्।
पछिल्लो समय चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद चुलिएको थियो। चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दै अब जेन–जी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
छिट्टै नयाँ पार्टीको बैठक बोलाएर विस्तृत जानकारी सार्वजनिक गर्ने उनले बताएका छन्।

