Advertisement

सुशीला कार्की अन्तरिम सरकारकी पहिलो महिला प्रधानमन्त्री, आजै शपथ ग्रहण

Advertisement

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छिन्। यससँगै उनी नेपालको पहिलो महिला प्रधानमन्त्रीसमेत बनेकी छन्। यसअघि देशको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी कार्कीले अब प्रधानमन्त्रीको रूपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेकी हुन्।

शुक्रबार राति ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराउने तयारी रहेको छ। शपथसँगै प्रतिनिधिसभा विघटन गर्ने सहमति पनि बनेको शीतल निवास स्रोतले जनाएको छ।

जेनजी आन्दोलनले एमाले–कांग्रेस गठबन्धनको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएपछि अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको हो। भदौ २३ गते आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ युवाको मृत्यु भएपछि २४ गते देशभर प्रदर्शन, आगजनी र तोडफोड भएका थिए। त्यसलगत्तै ओलीले पदत्याग गरेका थिए।

ओलीको राजीनामापछि भएको सर्वदलीय छलफलमा संसद् विघटन र आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने गरी कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति जुटाइएको हो। राजनीतिक दलका नेताहरू संसद् विघटनबारे असहमत देखिए पनि आन्दोलनको चर्को दबाबका कारण अन्ततः शपथ र संसद् विघटन करिब सँगसँगै सम्पन्न गरिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज