Advertisement

एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीको निर्देशन, उपचार वहानामा दुबई जाने तयारी

Advertisement

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका मन्त्रीहरुलाई राजीनामा नसदिन निर्देशन दिएका छन् । सहकर्मी मन्त्रीहरुले धमाधम साथ छोड्न थालेपछि ओलीले आफ्ना मन्त्रीहरुलाई आफ्नो साथमै रहन निर्देशन दिएका हुन् । उपचारको बहानामा दुबई जाने तयारी गर्दै प्रधानमन्त्री

प्रधानमन्त्रीले अझै पनि हिजो भएको घटनामा घुसपैठ भएको आफ्नो अडान कायमै राखेको स्रोतले बतायो । उनले सोमबार भएको प्रदर्शनलाई हिंसात्मक बनाउन बाहिरी तत्वले घुसपिैठ गरेको र त्यसमा संलग्नहरुलाई छानबिनपछि कारवाही गर्ने भन्दै आफ्ना मन्त्रीहरुलाई आश्वस्त बनाउन खोजेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले आन्दोलन चर्किएर धेरै उग्र भएमा आफू भाग्ने विकल्पको विषयमा समेत छलफल गरेको स्रोत बताउँछ । स्रोतका अनुसार ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका छन् ।

प्रदर्शनकारीले संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको घरमा आगजनी र तोडफोड गरिसकेको तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासतर्फ बढिरहेको अवस्थामा प्रधानमन्त्रीले आफू समेत असुरक्षित भएको महसुस गरेका हुन् ।

सरकारले सोमबार साँझ प्रदर्शन हिंसात्मक हुनुको कारणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । यो समितिलाई १५ दिनको समय दिएको छ । तर, मंगलबार कर्फ्यू लगाउँदा पनि प्रदर्शन जारी रहेपछि यो समितिले छानबिन गर्नै नसक्ने र समितिको रिपोर्ट आउने बेलासम्म देशमा नेताहरु सुरक्षित रहनै नसक्ने अवस्था आउन सक्नेप्रति ओली सशंकित छन् । स्रोतका अनुसार ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका छन् ।दुबई उड्नेदुब्#उड्न

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज