Advertisement

चीनले सार्वजनिक गर्‍यो विश्वकै पहिलो सिक्सजी चिप : ५ हजार गुणा तीव्र इन्टरनेट, ग्रामीण क्षेत्रसम्म पहुँच

Advertisement

चीनले विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गर्दै सूचना प्रविधिमा पुनः आफ्नो नेतृत्व कायम गरेको छ। यस चिपमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत उच्चगतिको इन्टरनेट पुर्‍याउन सकिने दाबी गरिएको छ।

बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङ्‌कङको सिटी विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त प्रयासमा बनेको यो चिप लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनामा आधारित छ। अध्ययन प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित भएको हो।

यस चिपले विद्यमान इन्टरनेट भन्दा करिब ५ हजार गुणा तीव्र स्पीड दिनेछ। साथै, यसले ०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्मका सम्पूर्ण स्पेक्ट्रममा काम गर्ने क्षमता राख्दछ। यसको आकार केवल ११ मि.मि. × १.७ मि.मि. रहेको छ।

यो प्रविधिले मोबाइल, कम्प्युटर र स्मार्ट उपकरणमा उत्कृष्ट कनेक्टिभिटी सुनिश्चित गर्ने र ग्रामीण क्षेत्रमा समेत डिजिटल सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ। तर, विज्ञहरूले यससँगै विद्युत–चुम्बकीय विकिरण, साइबर आक्रमण र डेटा गोपनियतामा जोखिम बढ्ने चेतावनी पनि दिएका छन्।

सिक्सजी चिपका विशेषता

इन्टरनेट स्पीड विद्यमान भन्दा करिब ५ हजार गुणा तीव्र

०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्म सबै स्पेक्ट्रममा काम गर्ने क्षमता

सानो आकार : ११ मि.मि. × १.७ मि.मि.

एक सेकेण्डमै १०० जिबी डेटा ट्रान्सफर

५० जिबीको ८के एचडी फिल्म आधा सेकेण्डमै डाउनलोड

इन्टिग्रेटेड अप्टोइलेक्ट्रोनिक फ्युजन प्रविधिमा आधारित

न्यून फ्रिक्वेन्सीमै प्रभावकारी सञ्चालन

मोबाइल, कम्प्युटर तथा स्मार्ट उपकरणमा उच्च स्पीड र स्थिर कनेक्टिभिटी

ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत उच्चगतिको इन्टरनेट सम्भव

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज