Advertisement

केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

Advertisement

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न भएको छ । हरेक वर्ष भाद्र २० गतेदेखि सुरु भएर २१ गतेसम्म चल्ने बिर्सती मेला सनिबार सम्पन्न भएको हो ।
प्राचिन कालदेखि नै मनाइदैँ आएको बिर्सती मेला यस वर्षपनि देवी देउताको पुजा आरधना गर्नुका साथै देउडा खेलेर धुमधामका साथ मनाइएको स्थानीयले जानकारी दिएका छन ।
देवीदेउतालाई नमान्ने सिजापति राजालाई देवीभगवतीले पराजित गरेको उपलक्षमा हरेक वर्ष भाद्र २०गते बिर्सती मेला मनाउने गरेको कालिका देउताका धामी उमेश विक जानकारी दिनुभएको छ । मेलाका विशेष करिया जुव, मरगाउँ, चौडामका स्थानीयवासीलाई मानिन्छ । मेलाको अवसरमा देउडा प्रतियोगिताको आयोजना गरिएको थियो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले देउडा प्रतियोगिताको आयोजना गरिएको मेला व्यवस्थावन समितिले जनाएको छ । आमन्त्रित देउडीया जयलक्ष्मी खड्का र प्रयागराज उपाध्याय बिच घम्साघम्सी देउडा खेल भएको थियो ।
मेला हेर्नका लागि केदारस्यूँ गाउँपालिका, गाउँपालकिा,बित्थडचिर बुङ्गल नगरपालिका र डोेटीका स्थानीय आउने गरेका छन ।

यस्तै उता छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको बिच थलिनौबिस बिसौनामा लाग्ने सुदुरपश्चिम प्रदेशकै ऐतिहासिक तथा धार्मीक बिर्सती मेलाको अवसरमा आयोजित भलिबल लगायतका सांस्कृतिक कार्यक्रम सनिबारदेखि सुरु भएका छन। मेलाको अबसरमा खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २ लाख १ हजार नौबिस, द्धितिय पुरस्कार १ लाख नौबिस, तृतिय पुरस्कार ५० हजार नौबिस, सान्त्वना पुरस्कार १० हजार नौबिस रहेको छ, भने महिला तर्फ प्रथमलाई ५१ हजार नौबिस द्धितिय २५ हजार नौबिस तृतिय १२ हजार नौबिस र सान्त्वनालाई ५ हजार नौबिस पुरस्कारको व्यवस्था गरिएको छ ।
पुरुष तर्फ १५ टिम र महिला तर्फ ७ टिम सहभागी छन् । सनिबार पुरुषका २ वटा खेल सम्पन्न भएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज