Advertisement

केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

Advertisement

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न भएको छ । हरेक वर्ष भाद्र २० गतेदेखि सुरु भएर २१ गतेसम्म चल्ने बिर्सती मेला सनिबार सम्पन्न भएको हो ।
प्राचिन कालदेखि नै मनाइदैँ आएको बिर्सती मेला यस वर्षपनि देवी देउताको पुजा आरधना गर्नुका साथै देउडा खेलेर धुमधामका साथ मनाइएको स्थानीयले जानकारी दिएका छन ।
देवीदेउतालाई नमान्ने सिजापति राजालाई देवीभगवतीले पराजित गरेको उपलक्षमा हरेक वर्ष भाद्र २०गते बिर्सती मेला मनाउने गरेको कालिका देउताका धामी उमेश विक जानकारी दिनुभएको छ । मेलाका विशेष करिया जुव, मरगाउँ, चौडामका स्थानीयवासीलाई मानिन्छ । मेलाको अवसरमा देउडा प्रतियोगिताको आयोजना गरिएको थियो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले देउडा प्रतियोगिताको आयोजना गरिएको मेला व्यवस्थावन समितिले जनाएको छ । आमन्त्रित देउडीया जयलक्ष्मी खड्का र प्रयागराज उपाध्याय बिच घम्साघम्सी देउडा खेल भएको थियो ।
मेला हेर्नका लागि केदारस्यूँ गाउँपालिका, गाउँपालकिा,बित्थडचिर बुङ्गल नगरपालिका र डोेटीका स्थानीय आउने गरेका छन ।

यस्तै उता छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको बिच थलिनौबिस बिसौनामा लाग्ने सुदुरपश्चिम प्रदेशकै ऐतिहासिक तथा धार्मीक बिर्सती मेलाको अवसरमा आयोजित भलिबल लगायतका सांस्कृतिक कार्यक्रम सनिबारदेखि सुरु भएका छन। मेलाको अबसरमा खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २ लाख १ हजार नौबिस, द्धितिय पुरस्कार १ लाख नौबिस, तृतिय पुरस्कार ५० हजार नौबिस, सान्त्वना पुरस्कार १० हजार नौबिस रहेको छ, भने महिला तर्फ प्रथमलाई ५१ हजार नौबिस द्धितिय २५ हजार नौबिस तृतिय १२ हजार नौबिस र सान्त्वनालाई ५ हजार नौबिस पुरस्कारको व्यवस्था गरिएको छ ।
पुरुष तर्फ १५ टिम र महिला तर्फ ७ टिम सहभागी छन् । सनिबार पुरुषका २ वटा खेल सम्पन्न भएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज