काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार नेपालसहित एसियाका धेरै देशबाट खग्रास चन्द्रग्रहण देखिन लागेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भई १:४१ बजे समाप्त हुनेछ।
मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका व्यक्तिलाई ग्रहण नहेर्न सल्लाह दिइएको छ। राशिअनुसार कोहीलाई लाभ त कोहीलाई कष्ट हुने फलादेश गरिएको छ।
पौराणिक मान्यताअनुसार आइतबार दिउँसो १:११ बजेदेखि सुतक लाग्ने र ग्रहण अवधिमा भोजन, शयन र मैथुन निषेध गरिएको छ। मन्त्रजप र हवनलाई भने उपयुक्त मानिएको छ।

