काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेश तथा राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

