Advertisement

रुपन्देही उपनिर्वाचन: कस्ले मार्ला बाजि ? (तथ्यगत रिपोर्ट सहित) 

Advertisement

लुम्बिनी प्रदेश : रुपन्देही–३ फेरि एकपटक देशको ध्यान खिचिएको क्षेत्रमा उभिएको छ । प्रतिनिधिसभा सदस्य दीपक बोहराको असामयिक निधनपछि रिक्त बनेको यस निर्वाचन क्षेत्रमा सरकारले कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै यहाँको राजनीतिक माहोल पुनः तातिएको छ । यो क्षेत्रको राजनीति विगतकै चुनावी समीकरण, दलहरूको संगठनात्मक शक्ति र आगामी सम्भावनाका कारण अहिले राष्ट्रिय बहसको केन्द्रबिन्दु बनेको छ ।

२०७९ सालको आमनिर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी भएका थिए । उनले ३६ हजार ७ सय १७ मत ल्याएर नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई करिब २ हजार ७ सय मतले पछि पार्दै संसद् पुगेका थिए । खाँणले ३४ हजार ३६ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेस्रो स्थानमा सीमित भए, जसले ५ हजार ७ सय ९६ मत ल्याएका थिए । बोहराको जित नेकपा एमालेको रणनीतिक समर्थनकै कारण सम्भव भएको मानिन्छ । किनभने एमालेले त्यतिबेला आफ्नै उम्मेदवार नउठाएर राप्रपालाई समर्थन गरेको थियो ।

तर समानुपातिकतर्फको मतको हिसाबले राजनीति पूर्ण रूपमा फरक देखिन्छ । समानुपातिकमा नेपाली कांग्रेसले करिब २० हजार २ सय ७९ मत ल्याएर पहिलो स्थानमा राखेको थियो । UML ले पनि बलियो उपस्थितिसहित १६ हजार ९ सय ८६ मत जुटायो । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले १४ हजार १ सय ५४ मत ल्याउँदै तेस्रो स्थानमा देखियो भने प्रत्यक्ष विजयी भएको राप्रपा भने ९ हजार १ सय ८३ मतमा सीमित रहेको थियो । यो तथ्यांकले पनि  एमाले र कांग्रेस दुवैको आधारभूत संगठनात्मक शक्ति निकै बलियो छ भने रास्वप पनि तीव्र रूपमा उदाउँदैछ भन्ने बुझाएको छ । गत निर्वाचनको परिणाम र समानुपातिक मतको मुल्यांकन गर्दा  राप्रपाको बल एमालेको समर्थनमा मात्रै टिकेको देखिन्छ ।

अब आउँदो उपनिर्वाचनमा एमालेले अघिल्लो जस्तो रणनीति नदोहोर्याउने संकेत गरेको छ । यसपटक एमाले आफ्नै उम्मेदवार उतार्ने तयारीमा छ, जसमा खिमलाल भट्टराई जस्ता नामहरू चर्चामा छन् । एमालेका लागि यो केवल एक उपनिर्वाचन मात्र नभई आफ्नै बलियो आधार देखाउने ठूलो अवसर पनि हो । अघिल्लो पटक प्रत्यक्षतर्फ उम्मेदवार नउठाए पनि समानुपातिकतर्फ करिब १७ हजार मत पाएको एमाले लाई थोरै मात्रै सघन अभियान चलाए कांग्रेससँग निकै प्रतिस्पर्धा हुने अवस्था देखिन्छ ।

नेपाली कांग्रेसले भने यस क्षेत्रमा आफ्नो पुरानो उमेदवार बलकृष्ण खाँणलाई फेरि मैदानमा उतार्ने तयारी गरेको छ । खाँण अघिल्लो पटक पनि धेरै मत ल्याएर छोटो अन्तरमा पराजित भएका थिए । कांग्रेसको संगठनात्मक पकड, पुराना मतदाता र पार्टीको परम्परागत आधारलाई ध्यानमा राख्दा खाँण अझै बलियो दावेदार देखिन्छन् । तर एमाले पनि प्रतिस्पर्धामा आएसँगै कांग्रेसको जित सजिलो हुने भने देखिँदैन ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरिसकेको छ । भैरहवा निवासी न्युरोलोजिस्ट डा. थापाले स्वास्थ्य क्षेत्रमा ठूलो लोकप्रियता कमाइसकेका छन् । अघिल्लो चुनावमा रास्वपाले प्रत्यक्षतर्फ कम मत ल्याए पनि समानुपातिकतर्फ १४ हजारभन्दा बढी मत पाएको थियो, जसले उनीहरूलाई अब बलियो प्रतियोगीको रूपमा स्थापित गरेको छ । विशेषगरी शहरी मतदाता, शिक्षित वर्ग र युवा पुस्तामाझ रास्वपाले प्रभाव जमाउन सक्ने अनुमान गरिएको छ ।

राप्रपाका लागि भने यो उपनिर्वाचन चुनौतीपूर्ण देखिन्छ । दीपक बोहराको निधनपछि बोहरा परिवारकै सदस्यलाई उम्मेदवार बनाउन सकिने चर्चा छ तर एमालेको समर्थनबिनाको अवस्थामा अघिल्लो जस्तो ठूलो मत ल्याउन कठिन हुनेछ । एमाले आफैं चुनावी मैदानमा उत्रिएपछि राप्रपाको संगठनात्मक शक्ति मात्रै भरपर्दा कांग्रेस वा एमाले सँग बराबरी गर्ने सम्भावना न्यून देखिन्छ ।

त्यसैगरी मधेशवादी दलहरू पनि आफ्नो उपस्थिति जनाउन उम्मेदवार खडा गर्ने तयारीमा छन् । यद्यपि उनीहरूको मत सानो संख्यामा मात्र सीमित हुने देखिन्छ । स्वतन्त्रतर्फ पनि कानूनी क्षेत्रमा परिचित नाम ओमप्रकाश अर्यालको चर्चा छ, जसले केही मत तान्न सक्छन् तर प्रमुख प्रतिस्पर्धामा पुग्ने अवस्था भने देखिँदैन ।

 रुपन्देही–३ को उपनिर्वाचन बहुकोणीय बन्ने निश्चित छ । तर वास्तविक प्रतिस्पर्धा भने एमाले र कांग्रेसबीच नै केन्द्रित हुने देखिन्छ । कांग्रेससँग अघिल्लो पटकको बलियो आधार र संगठनात्मक पकड छ भने एमालेले पहिलोपटक प्रत्यक्ष उम्मेदवार उतारेर आफ्नो शक्ति प्रदर्शन गर्नेछ। रास्वपाले काट्ने मतले खेललाई अझै जटिल बनाउन सक्ने देखिएको छ । विशेषगरी यदि रास्वपाले युवामाझ ठूलो आकर्षण सिर्जना गर्न सक्यो भने कांग्रेस र एमाले दुवैको आधारभूत मत कटान हुनसक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज