Advertisement

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आइतबार र सोमबार सार्वजनिक बिदा

Advertisement

सुदूरपश्चिम प्रदेशमा मौलिक पर्व गौराको उल्लासमय वातावरण छ । भदौ १२ गते पञ्चमीका दिनदेखि सुरु भएको यो पर्व आज तेस्रो दिन ‘ठूली गौरा’ मनाइँदैछ ।

आज व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै सामूहिक रूपमा फाग गाएर पूजा गर्ने परम्परा रहेको छ । यस दिनलाई स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिन्छ ।

गौराको मुख्य दिन भने भोलि गौराष्टमी हो । भोलि पूजाआजा गर्दै मङ्गल गीत गाउने, गौरा नचाउने, धमारी, फाग र डेउडा खेल्ने परम्परा रहिआएको छ । यस अवसरमा गौरालाई गौराघरको आँगनमा राखी गौरा–महेश्वरको विशेष पूजा गरिन्छ ।

पौराणिक मान्यताअनुसार, हिमालयपुत्री पार्वतीले बालुवाको शिवलिङ्ग बनाएर कठिन तपस्या गरी भगवान् शिवलाई वर पाएकी थिइन् । त्यसैको सम्झनामा गौरा पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ । यस व्रत–पूजाबाट सुस्वास्थ्य, सौभाग्य र समृद्धि प्राप्त हुने विश्वास छ ।

यसैबीच, गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । नेपाल सरकारले भदौ १५ गते (गौराष्टमी) का लागि बिदा दिएको छ भने सुदूरपश्चिम सरकारले थप एक दिन भदौ १६ गते बिदा दिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज