Advertisement

कञ्चनपुरमा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु, युवालाई नगरभित्रै रोजगारीका अवसर

Advertisement

कञ्चनपुर– जिल्लाको शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ। युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

चालु आर्थिक वर्षका लागि कार्यक्रमका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ।

उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार, यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ। आवश्यक पूँजीको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थासँग समन्वय गरिनेछ।

चौधरीले वडाबाट उद्योग छनोट भएपछि त्यस आधारमा कार्यक्रम अघि बढाइने जानकारी दिए। यसरी स्थापना हुने उद्योगमा मागअनुसार अनुदान र प्रविधि सहयोग उपलब्ध गराइने योजना रहेको उनले बताए।

नगरपालिकाका अनुसार १२ वटै वडामा स्थानीय सम्भावना अनुसार उद्योग स्थापना गरी युवालाई दीर्घकालीन रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ। कृषि, हस्तकला, पशुपालन, बेतबाँस, लघु उत्पादन र स्थानीय स्रोतमा आधारित उद्योगलाई प्राथमिकतामा राखिएको छ।

स्थानीय युवा चेतराम चौधरीले भने, “कार्यक्रम सञ्चालनले गाउँमै रोजगारी र विकासका अवसर ल्याउने विश्वास छ। यसमार्फत स्थानीय स्तरमै आर्थिक सशक्तीकरण र उद्यमशीलता प्रवर्धनमा टेवा पुग्नेछ। कार्यक्रम उद्देश्यअनुरूप प्रभावकारी रूपमा कार्यान्वयन हुनु आवश्यक छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज