काठमाडौँ- १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ। खेल भूटानको चाम्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो। नेपाल, भूटान, भारत र बंगलादेश सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन आधारमा हुँदैछ। लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।
नेपालले पर्सि आइतबार र भदौ ११ गते सोमबार बंगलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने कार्यक्रम छ। प्रतियोगिता आगामी अगस्ट ३१ तारिखसम्म सञ्चालन हुने छ।

