Advertisement

दार्चुलामा गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र, तत्कालै सञ्चालनमा ल्याउन स्थानीयको माग

Advertisement

दार्चुला- करिब तीन दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम बजेट अभावका कारण अलपत्र परेको छ।

शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको विमानस्थलमा चार वर्षअघि केएस कन्स्ट्रक्सन प्रालि धनगढीले फिलिङ र ग्याबिनको काम सुरु गरे पनि त्यसपछि बजेट नआएपछि निर्माण कार्य अलपत्र परेको हो।

२०४६ सालमा सञ्चालनमा आएको विमानस्थल २०५० सालदेखि बन्द छ। २०६० सालदेखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण भइसकेको छ। भवन भग्नावशेषमा परिणत भएको छ भने धावनमार्ग (रनवे) खेलमैदान र गौचरनमा रूपान्तरण भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा अर्थ मन्त्रालयले पुनर्निर्माणका लागि ५० करोड ४९ लाख ४९ हजार बजेट सुनिश्चित गरे पनि पछिल्ला वर्षमा निकासा नहुँदा कार्य प्रगति न्यून भएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताए।

हवाई सेवा सञ्चालन भए दार्चुलासहित बैतडी र बझाङका नागरिकले सुविधा पाउने भए पनि बजेट नआउँदा निर्माण अधुरै रहेको स्थानीयको गुनासो छ। हवाई सुविधा नहुँदा झन्डै साढे तीन सय किलोमिटर सडकमार्ग हुँदै मात्र सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन्।

दार्चुलाको विकासका लागि महत्वपूर्ण मानिएको गोकुलेश्वर विमानस्थल छिटो पुनर्निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको जोडदार माग रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज