Advertisement

बाजुराको रामेश्वरी माविमा खानेपानी अभाव, विद्यार्थीले घरबाटै पानी बोकेर लिनुपर्ने बाध्यता

Advertisement

बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिका–५ स्थित रामेश्वरी माध्यमिक विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको चरम अभाव कायम छ। समस्या समाधानका लागि पटक–पटक माग गरिए पनि अहिलेसम्म कुनै पहल भएको छैन।

खानेपानी नहुँदा विद्यालयका २८० विद्यार्थी घरबाटै बोतलमा पानी ल्याएर पिउन बाध्य छन्। शौचालयमा पानी नहुँदा दुर्गन्धित बनेको र प्रयोग गर्नै नसकिने अवस्था रहेको कक्षा १० का विद्यार्थी सुशील बुढाले बताए। “धारा छ तर पानी आउँदैन, शौचालय छ तर सफा छैन,” उनले भने।

विद्यालयका प्रध्यानाध्यापक टेकराज जोशीका अनुसार खानेपानी अभावकै कारण विद्यार्थीलाई पढाइमा समेत असर परेको छ। टाढा घर भएका विद्यार्थीहरूलाई अझ बढी समस्या हुने गरेको उनले बताए। विद्यालय व्यवस्थापन समितिले नगरपालिकासमक्ष बारम्बार मागपत्र बुझाए पनि सुनुवाइ नभएको उनको भनाइ छ।

वडा अध्यक्ष डिल्ली बुढाले समेत रामेश्वरी मावि खानेपानी संकटबाट गुज्रिएको स्वीकार गर्दै नगरपालिकाले अन्य वडाका विद्यालयमा बालमैत्री धारा र शौचालय निर्माण गरे पनि रामेश्वरी मावि भने अझै बेवास्तामा परेको बताए।

यता त्रिवेणी नगरपालिकाले भने ‘एक घर एक धारा’ अभियानमार्फत चाँडै सबै बस्ती र विद्यालयमा खानेपानी सुविधा पुर्‍याइने दाबी गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज