धनगढी- नेपाली सेनाको सुदूरपश्चिम पृतनापतिमा किरण केसी नियुक्त भएका छन्। निवर्तमान पृतनापति प्रकाश देउजाको सरुवा भएपछि केसीलाई खटाइएको हो।
प्रधान कार्यालयका अनुसार केही दिनमै उनले नयाँ जिम्मेवारी सम्हाल्नेछन्। केसी यसअघि पनि सुदूरपश्चिममा सेवा गरिसकेका छन्।
अघिल्लो वर्ष उपरथीमा बढुवा भएका उनले उपरथी सागरबहादुर थापा अनिवार्य अवकाश गएपछि रिक्त पदमा नियुक्ति पाएका हुन्।

