Advertisement

टप इन्ड टी–२० सिरिजमा आज नेपाल मेलबर्न स्टार्ससँग भिड्दै

Advertisement

काठमाडौँ- अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले अष्ट्रेलियाको बिग बास लिग टिम मेलबर्न स्टार्ससँग खेल्नेछ। खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुने छ।

यसअघि नेपालले बंगलादेश ए र एनटी स्ट्राइकसँग पराजय भोगिसकेको छ। मेलबर्न स्टार्सले भने खेलिएका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली अष्ट्रेलिया पुगेको हो। टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन्। आमाको निधनका कारण अनुपस्थित ललित राजबंशीको स्थानमा आलम अष्ट्रेलिया गएका हुन्।

अगस्ट १४ देखि २४ तारिखसम्म अष्ट्रेलियाको डार्विनमा भइरहेको प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टोली सहभागी छन्। त्यस्तै शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स र एनटी स्ट्राइक पनि प्रतिस्पर्धामा छन्।

नेपालले अर्को खेल अगस्ट १९ मा होबर्ट हुरीकेन्ससँग, २० मा मेलबर्न रेनेगेड्ससँग र २२ मा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ। लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्।

यो प्रतियोगिता २०२२ देखि हुँदै आएको हो। पहिलो पटक पाँच टोली सहभागी भएको यो सिरिजमा यस पटक ११ टोली भिडिरहेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज