Advertisement

सुदूरपश्चिमका पहाडी गाउँ रित्तिँदै, तराईमा जनसङ्ख्या चाप बढ्दै

Advertisement

कञ्चनपुर- सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू क्रमशः रित्तिँदै छन् भने तराईमा जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ। नौ जिल्लामध्ये कुल जनसङ्ख्याको २० प्रतिशत कञ्चनपुरमा मात्र रहेको छ।

नेपालको २०७८ सालको जनगणनाअनुसार सुदूरपश्चिममा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या छ। यसमध्ये महिलाको संख्या १४ लाख २१ हजार ९९७ र पुरुषको संख्या १२ लाख ७२ हजार ७८६ छ। पुरुष रोजगारीका लागि भारत तथा तेस्रो देश जाने प्रवृत्ति बढी भएकाले यहाँ महिलाको जनसङ्ख्या (५२.७७ प्रतिशत) पुरुषको तुलनामा बढी देखिएको हो।

प्रदेशका नौ जिल्लामध्ये अछाम, बैतडी, डोटी, बझाङ र डडेल्धुरामा जनसङ्ख्या घट्दो छ। हिमाली जिल्ला दार्चुलाको वृद्धिदर स्थिर छ। तथ्याङ्क समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेका अनुसार पहाडी र हिमाली भेगबाट तराई–मधेशतर्फ बसाइँसराइ बढेकाले जनसङ्ख्या वितरणमा असन्तुलन देखिएको हो।

अन्नको भण्डारका रूपमा चिनिने तराईमा बढ्दो जनसङ्ख्याले कृषियोग्य जमिन घटाउँदै गएको छ भने पहाडमा बाँझो जमिन बढेको छ। विज्ञहरूले बेलैमा जनसङ्ख्या व्यवस्थापन र उपयुक्त नीति नअपनाए निकट भविष्यमा कृषि उत्पादन घट्ने, आयात निर्भरता बढ्ने र प्रदेशको अर्थतन्त्र सङ्कुचन हुने चेतावनी दिएका छन्। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज