Advertisement

कञ्चनपुरमा कृषि उपकरणको नाममा ठगी, किसानको तालाबन्दी

Advertisement

कञ्चनपुर- अनुदानमा कृषि सामग्री उपलब्ध गराउने भन्दै ठगिएका किसानहरूले कञ्चनपुरको लालझाडीस्थित दुई सहकारी कार्यालयमा तालाबन्दी गरेका छन्।

अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले सुरो नेपाल नामक गैरसरकारी संस्थाको सहकार्यमा ५० प्रतिशत अनुदानमा पावरटिलर, पानी तान्ने मोटर र चारा मेसिन दिने भन्दै साढे तीन सय किसानबाट अढाई करोड रुपैयाँ संकलन गरेका थिए।

तर, एक वर्षसम्म न त उपकरण प्राप्त भए, न त पैसा फिर्ता, जसपछि आक्रोशित किसानहरूले बुधबार सहकारीमा तालाबन्दी गरेका हुन्।

गत वर्ष अनमोल सहकारीले ११० किसानबाट ४८ लाख ४६ हजार र दोदा साना किसान सहकारीले २५० किसानबाट एक करोड ९३ लाख रुपैयाँ संकलन गरेका थिए।

कृषि सामग्री खरिदका लागि किसानहरूले कृषिउपज बिक्री, ऋण र आफन्तबाट सहयोग लिएर रकम तिरेका थिए। तर बारम्बार माग्दा पनि पैसा नपाएपछि किसानहरू समस्यामा परेका छन्।

किसान अर्जुन चौधरीले “धेरैपटक माग्दा पनि केही नदिएपछि बाध्य भएर तालाबन्दी गरेका हौं,” भने। अर्का किसान खडक रानाले “आधुनिक कृषि गर्न खोज्दा झन् धोका पाएँ,” भनी गुनासो गरे। स्थानीय रतनसिंह रानाले सुरो नेपालका कर्मचारीहरूले किसानको रकम उठाएर विदेश घुमेको दाबी गरेका छन्।

कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले ठगीसम्बन्धी अनुसन्धान जारी रहेको बताए। उनका अनुसार सुरो नेपालका अध्यक्ष सुशीला खड्का र सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि थुनामा छन्। सहकारीबाट टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको छ।

यसैबीच, सुरो नेपालको नाममा कैलाली जिल्लाका किसानहरू पनि ठगिएको उजुरी परेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज