अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न श्वासप्रश्वाससम्बन्धी भाइरसहरू विरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार, अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले कोरोना, फ्लुजस्ता भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनामा लगानी गरिँदै आएको ५० करोड अमेरिकी डलरको अनुदान रद्द गर्ने घोषणा गर्नुभएको हो।
खोपहरूलाई समस्याग्रस्त भन्दै सचिव केनेडीले अब नयाँ र सुरक्षित विकल्पहरूमा प्राथमिकता दिने बताउनु भएको छ।
तर, स्वास्थ्य विज्ञहरूले भने यो निर्णय भविष्यमा गम्भीर असर पार्न सक्ने भन्दै चेतावनी दिएका छन्। प्रख्यात खोप विज्ञ डा. पाँल अफिट र महामारी विशेषज्ञ माइक ओस्टरहोमले खोपले लाखौं मानिसको ज्यान बचाएको र आगामी महामारी नियन्त्रणमा यसको भूमिका अझै महत्त्वपूर्ण हुने बताएका छन्।

