Advertisement

घानामा हेलिकप्टर दुर्घटना : रक्षामन्त्रीसहित आठ जनाको मृत्यु, देशभर शोक

Advertisement

अफ्रिकी देश घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको ज्यान गएको छ। दुर्घटनालाई घाना सरकारले राष्ट्रिय त्रासदी को संज्ञा दिएको छ।

ज्यान गुमाउनेमा कार्यवाहक उप-राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, सत्तारूढ राष्ट्रिय प्रजातान्त्रिक कांग्रेस (एनडीसी) पार्टीका उपाध्यक्ष शमूएल सारपोङ, पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगेसमेत रहेका छन्।

हेलिकप्टरमा पाँच यात्रु र तीन चालक दलका सदस्यहरू थिए। घानाको सेनाका अनुसार दुर्घटनाग्रस्त जेड-९ उपयोगिता हेलिकप्टरले बिहान ९:१२ बजे राजधानी आक्राबाट उडान भरेको थियो। सो हेलिकप्टर सुन खानी रहेको ओबुआसी शहरतर्फ गइरहेको थियो, जहाँ एक राष्ट्रिय कार्यक्रम आयोजना हुने तय भएको थियो।

तर उडानपछि केही समयमै हेलिकप्टरसँग सम्पर्क विच्छेद भएको थियो। सेनाले जनाएको अनुसार उडानपछि हेलिकप्टर राडारबाट हराएको हो। हालसम्म दुर्घटनाको कारण खुल्न सकेको छैन।

राष्ट्रपति जोन महामाका प्रमुख कर्मचारी जुलियस डेब्राले पत्रकार सम्मेलनमार्फत राष्ट्रपतिद्वारा मृतक परिवारप्रति समवेदना व्यक्त गरिएको जानकारी दिए। उनले भने, “राष्ट्रपति र सरकार यस दुखद घटनामा ज्यान गुमाउने हाम्रा सहकर्मीप्रति गहिरो समवेदना प्रकट गर्दछ। अर्को सूचना नभएसम्म देशभर राष्ट्रिय झण्डा आधा झुकाइनेछ।”

घाना सरकारले दुर्घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ भने पीडित परिवारप्रति गहिरो दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज