Advertisement

सत्यवादी मावि जयपृथ्वीनगरमा राजा जयपृथ्वीको स्मृतिमा भलिबल, हाजिरीजवाफ र नृत्य प्रतियोगिता हुने

Advertisement

बझाङ- राजा जयपृथ्वी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा छविसपाथिभेरा गाउँपालिका–२ स्थित सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वीनगरले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। भदौ ७ र ८ गते विद्यालय परिसरमै छविसपाथिभेरा गाउँपालिका स्तरीय भलिबल, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता सञ्चालन गरिने विद्यालय प्रशासनले जनाएको छ।
राजा जयपृथ्वीका मानवतावादी सोच र योगदानलाई स्मरण गर्दै विद्यार्थीहरूको शारीरिक, बौद्धिक र सांस्कृतिक क्षमताको अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रतिस्पर्धात्मक वातावरणमा सहभागी बनाउँदै समावेशिता, अनुशासन र प्रतिभा विकासमा जोड दिएको यस आयोजनाले विद्यार्थीहरूलाई आफ्नो सीप र सोच प्रदर्शन गर्ने थलो प्रदान गर्नेछ।
प्रतियोगितामा निष्पक्षता सुनिश्चित गर्न सहभागीहरूको उमेर, कागजात र अनुभवका आधारमा स्पष्ट शर्तहरू तय गरिएको छ, जसले विद्यालयस्तरको प्रतिस्पर्धालाई मर्यादित बनाउने अपेक्षा गरिएको छ।
विद्यालयले शिक्षक, अभिभावक तथा स्थानीय समुदायसँगको सहकार्यमा कार्यक्रमलाई सफल पार्न आह्वान गरेको छ, जुन सामुदायिक सहभागिता र सहकार्यको उत्कृष्ट उदाहरण बन्न सक्छ।
छात्र भलिबल प्रतियोगितामा प्रथमलाई २० हजार द्वितीयलाई ११ हजार, तृतीयलाई ७ हजार पुरस्कार प्रदान गरिनेछ ।यस्तै छात्रा भलिबल प्रतियोगितामा प्रथमलाई १५ हजार , द्वितीयलाई ९ हजार र तृतीयलाई ७ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यसैगरी ६ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि आयोजना गरिएको हाजिरजवाफ प्रतियोगितामा प्रथमले ८० प्रतिशत पाठ्यपुस्तक र द्वितीयले २० प्रतिशत सामान्य ज्ञान प्रदान गरिनेछ ।

त्यस्तै १ देखी ५ सम्म अध्यनरत बालबालिकाका लागि नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको छ।

प्रतियोगितामा छबिसपाथिभेरा गाउँपालिका भित्रका विद्यालयमा अध्यनरत बालबालिका सहभागी हुन पाउनेछन् ।

                                            सूचना

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज