Advertisement

पहिलो पटक खिरातडी स्वास्थ्य चौकीमा एक जनामा औलो पुष्टि

Advertisement

धुर्व बिष्ट, बझाङ- बझाङको बुङ्गल नगरपालिका–४ मा अवस्थित खिरातडी स्वास्थ्य चौकीले पहिलो पटक एक व्यक्तिमा औलो रोग (मलेरिया) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य संस्थामा उपचारका लागि आएका बुङ्गल नगरपालिका–१० का एक पुरुषको रगत परीक्षण गर्दा उनलाई औलो संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार बिरामी चार महिना अघिमात्रै भारतबाट फर्केका थिए, त्यसैले यस संक्रमणलाई आयातीत (imported) केसको रूपमा समेत लिन सकिने बताइएको छ।

लामखुटेको टोकाइबाट सर्ने यो रोग सामान्यतया सहरी क्षेत्र, घना बस्ती तथा तराईका जिल्लाहरूमा देखिने गरे पनि पछिल्ला वर्षहरूमा अव्यवस्थित फोहोरमैला, ढल निकासको अभाव र बढ्दो बजारीकरणका कारण ग्रामीण क्षेत्रहरूमा समेत फैलिन थालेको जनाइएको छ।

बझाङ जिल्लामै दोस्रो पटक औलो पुष्टि भएको यस घटनाले लामखुटेको सङ्क्रमण विस्तार ग्रामीण बस्तीहरूमा समेत देखिन थालेको पुष्टि गरेको शाखा प्रमुख जोशीले बताए। उहाँका अनुसार औलो रोगबाट बच्न घर वरिपरिको पानी जम्ने खाल्डाखुल्डी पुर्नु, झाडी हटाउनु र सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ। विशेष गरी असारदेखि असोज महिनासम्म लामखुटे सक्रिय रहने भएकाले पुरा बाहुला भएका कपडा लगाउने, लामखुटे बढी हुने स्थानमा जानबाट जोगिने र व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिइएको छ।

संक्रमित व्यक्तिको अवस्था हाल सामान्य रहेको र उहाँलाई खिरातडी स्वास्थ्य संस्थामै राखेर उपचार भइरहेको जनाइएको छ। यद्यपि औलोको औषधि प्रयाप्त मात्रामा नभएकाले जिल्ला अस्पताल सिमखेत, चैनपुरबाट मगाइएको ल्याब असिस्टेन्ट रमेश धामीले जानकारी दिनुभयो।

स्वास्थ्य उपकरण सीमित भए पनि खिरातडी स्वास्थ्य संस्थाले उपलब्ध स्रोत साधनको भरपुर उपयोग गर्दै विभिन्न चुनौतीहरूबीच पनि स्वास्थ्य क्षेत्रमा सन्तोषजनक सेवा दिँदै आएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज