Advertisement

सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै, दुई तिहाइ समर्थन गुम्ने निश्चित

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहीबार विश्वासको मत लिँदै छन्। अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ।

नागरिक उन्मुक्ति पार्टीले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै असार २० गते सरकारबाट समर्थन फिर्ता लिएपछि शाहलाई संवैधानिक प्रावधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता आएको हो।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले ह्वीप जारी गरेको छ। एमालेका प्रमुख सचेतक सुरेन्द्र पालका अनुसार सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित भई पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदलाई धनगढी नछोड्न र बैठकमा उपस्थित भई समर्थनमा मतदान गर्न निर्देशन दिएको प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए।

तर, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेश सभामा एकीकृत समाजवादीका ४, राप्रपा र एक स्वतन्त्र गरी २ सांसद पनि रहेका छन्।

कुल ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा २७ मत आवश्यक पर्छ। कांग्रेसका १८ र एमालेका ११ सांसद मिलाएर २९ मत पुग्ने भएकाले विश्वासको मत प्राप्त गर्नेमा शंका छैन। तर, शाह नेतृत्वको सरकारले दुई तिहाइ बहुमत भने गुमाउने निश्चित देखिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज