Advertisement

“भिष्मपितामह ओली” भन्ने अफिलालको पोस्ट : हाँस्यास्पद कि रणनीतिक चाकडी

Advertisement

बझाङ,: नेकपा (एमाले)का पूर्व संविधानसभा सदस्य तथा बझाङका नेता अफिलाल ओखेडाले हालै सामाजिक सञ्जालमा लेखेको एक पोस्टले राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया र विवाद निम्त्याएको छ । उनले आफ्नो पोस्टमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै ओलीले ‘हस्तिनापुर सुरक्षित नभएसम्म देह त्याग गर्न नपाउने’ जस्ता अतिशयोक्तिपूर्ण शैलीमा स्तुति गान लेखेका छन् । पार्टीभित्र गम्भीर बहस र नेतृत्वको हस्तान्तरणको संवेदनशील सन्दर्भमा आएको यो पोस्ट नेकपा एमाले भित्रै व्यङ्ग्य र आलोचनाको विषय बनेको छ ।

अफिलाल ओखेडा बझाङ जिल्लाबाट संविधानसभा सदस्य बनेका थिए । तर पछिल्लो समय २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार पृथ्वी सिंहसँग भारी मतान्तरले हार बेहोरेका थिए । चुनावमा हार खाएका ओखेडाले पछिल्लो समय पार्टीभित्र आफूलाई पुनः स्थापित गराउने प्रयासस्वरूप यस्ता अतिशयोक्तिपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेको आशंका धेरैको छ ।

उक्त पोस्ट सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘भीष्मपितामह ओली’ जस्ता वाक्यांशलाई लिएर सामाजिक सञ्जालमा आलोचनात्मक लहर फैलिएको छ । कतिले यो अभिव्यक्तिलाई चाकडीको चरम नमुना भनेका छन् भने कतिपयले पार्टीको विचार र लोकतान्त्रिक संस्कारमाथि प्रहार भन्दै निन्दा गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वमा पछिल्लो समय थुप्रै गतिविधिहरू आलोचनाको केन्द्रमा छन् । ओली सरकारको पालामा विवादित ढंगमा नीति बनाएर लाभ लिने, विरोधी नेताहरूलाई कारबाही गर्ने नाममा राजनीतिक बदला लिने, मिडिया र अभिव्यक्ति स्वतन्त्रतामाथि कठोर व्यवहार देखाउने, र प्रदर्शनहरूमा राज्य संयन्त्रको अत्यधिक प्रयोग गर्ने गतिविधिहरू सार्वजनिक आलोचनाको विषय बनेका छन् । केही समय अघि काठमाडौंमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएपछि सरकारको रवैया झन् कठोर देखिएको थियो । उक्त घटनामा प्रहरीको बल प्रयोग, कर्फ्यू आदेश, र सर्वसाधारणमाथिको धरपकडलाई लिएर गम्भीर प्रश्न उठाइएको छ ।

त्यति मात्र होइन, ओली नेतृत्वमा पार्टी भित्रै नीति र निर्णय प्रक्रियामा एकल नेतृत्वको प्रभाव बढ्दै गएको भन्दै नेकपा एमालेकै नेताहरुले विरोध समेत गरेका छन् । विधान संशोधनमार्फत दुई कार्यकालको सीमा हटाउने र उमेरहद मेटाउने प्रस्तावहरूलाई लिएर पार्टीभित्रै मतभेद देखिएको अवस्थामा अफिलाल ओखेडाले लेखेको भीष्मपितामह शैलीको स्तुति गानले केपी ओलीको व्यक्तिगत इमेज भन्दा पनि उनको वरिपरि निर्माण भइरहेको तानाशाह सोचलाई झन् उजागर गर्न मद्धत भएको  छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज