Advertisement

“भिष्मपितामह ओली” भन्ने अफिलालको पोस्ट : हाँस्यास्पद कि रणनीतिक चाकडी

Advertisement

बझाङ,: नेकपा (एमाले)का पूर्व संविधानसभा सदस्य तथा बझाङका नेता अफिलाल ओखेडाले हालै सामाजिक सञ्जालमा लेखेको एक पोस्टले राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया र विवाद निम्त्याएको छ । उनले आफ्नो पोस्टमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै ओलीले ‘हस्तिनापुर सुरक्षित नभएसम्म देह त्याग गर्न नपाउने’ जस्ता अतिशयोक्तिपूर्ण शैलीमा स्तुति गान लेखेका छन् । पार्टीभित्र गम्भीर बहस र नेतृत्वको हस्तान्तरणको संवेदनशील सन्दर्भमा आएको यो पोस्ट नेकपा एमाले भित्रै व्यङ्ग्य र आलोचनाको विषय बनेको छ ।

अफिलाल ओखेडा बझाङ जिल्लाबाट संविधानसभा सदस्य बनेका थिए । तर पछिल्लो समय २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार पृथ्वी सिंहसँग भारी मतान्तरले हार बेहोरेका थिए । चुनावमा हार खाएका ओखेडाले पछिल्लो समय पार्टीभित्र आफूलाई पुनः स्थापित गराउने प्रयासस्वरूप यस्ता अतिशयोक्तिपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेको आशंका धेरैको छ ।

उक्त पोस्ट सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘भीष्मपितामह ओली’ जस्ता वाक्यांशलाई लिएर सामाजिक सञ्जालमा आलोचनात्मक लहर फैलिएको छ । कतिले यो अभिव्यक्तिलाई चाकडीको चरम नमुना भनेका छन् भने कतिपयले पार्टीको विचार र लोकतान्त्रिक संस्कारमाथि प्रहार भन्दै निन्दा गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वमा पछिल्लो समय थुप्रै गतिविधिहरू आलोचनाको केन्द्रमा छन् । ओली सरकारको पालामा विवादित ढंगमा नीति बनाएर लाभ लिने, विरोधी नेताहरूलाई कारबाही गर्ने नाममा राजनीतिक बदला लिने, मिडिया र अभिव्यक्ति स्वतन्त्रतामाथि कठोर व्यवहार देखाउने, र प्रदर्शनहरूमा राज्य संयन्त्रको अत्यधिक प्रयोग गर्ने गतिविधिहरू सार्वजनिक आलोचनाको विषय बनेका छन् । केही समय अघि काठमाडौंमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएपछि सरकारको रवैया झन् कठोर देखिएको थियो । उक्त घटनामा प्रहरीको बल प्रयोग, कर्फ्यू आदेश, र सर्वसाधारणमाथिको धरपकडलाई लिएर गम्भीर प्रश्न उठाइएको छ ।

त्यति मात्र होइन, ओली नेतृत्वमा पार्टी भित्रै नीति र निर्णय प्रक्रियामा एकल नेतृत्वको प्रभाव बढ्दै गएको भन्दै नेकपा एमालेकै नेताहरुले विरोध समेत गरेका छन् । विधान संशोधनमार्फत दुई कार्यकालको सीमा हटाउने र उमेरहद मेटाउने प्रस्तावहरूलाई लिएर पार्टीभित्रै मतभेद देखिएको अवस्थामा अफिलाल ओखेडाले लेखेको भीष्मपितामह शैलीको स्तुति गानले केपी ओलीको व्यक्तिगत इमेज भन्दा पनि उनको वरिपरि निर्माण भइरहेको तानाशाह सोचलाई झन् उजागर गर्न मद्धत भएको  छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज