Advertisement

ओडिशामा दुई नेपाली छात्राको मृत्यु, विश्वविद्यालय प्रशासनको लापरवाहीले ज्यान गएको छानबिन प्रतिवेदनको निष्कर्ष

Advertisement

काठमाडौं- भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्यु प्रकरणबारे गठित छानबिन समितिले विश्वविद्यालय प्रशासनकै लापरवाही जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

समितिको प्रतिवेदनअनुसार विश्वविद्यालयभित्र अवैध, गैरकानुनी र अमानवीय व्यवहारका कारण २० वर्षीय प्रकृति लम्साल र १८ वर्षीया प्रिसा शाहको ज्यान गएको हो।

फागुन ४ गते प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। मृत्युअघि उनले आफूमाथि मानसिक दबाब र ब्ल्याकमेल गरिएको भन्दै दुई पटक कलेज प्रशासनमा उजुरी दिएको पाइएको छ। तर प्रशासनले उजुरी गम्भीर रूपमा नलिएकाले उनी आत्महत्या गर्न बाध्य भएको निष्कर्ष छ।

घटनापछि विश्वविद्यालय प्रशासनले विरोधमा उत्रिएका अन्य नेपाली विद्यार्थीमाथि बल प्रयोग गर्दै होस्टल खाली गर्न निर्देशनसमेत दिएको थियो। त्यसको केही सातापछि, वैशाख १८ गते अर्की नेपाली छात्रा प्रिसा शाह पनि होस्टलमै मृत फेला परेकी थिइन्।

यी घटनापछि गठन गरिएको छानबिन समितिले विश्वविद्यालयमा यौन दुर्व्यवहार, जबरजस्ती मिलापत्र, न्यूनस्तरको होस्टल सेवा, सांस्कृतिक असंवेदनशीलता, तथा विद्यार्थीमाथिको बल प्रयोगजस्ता गम्भीर कमजोरीहरू औंल्याएको छ।

समितिले दोषी पदाधिकारीलाई कानुनी दायरामा ल्याउन, विश्वविद्यालयको विस्तार तत्काल रोक्न, र विदेशी विद्यार्थीहरूको सुरक्षामा सुधार गर्न सरकारलाई सिफारिस गरेको छ। साथै, विश्वविद्यालयले प्रतिष्ठा जोगाउने नाममा कानुनी प्रक्रिया बेवास्ता गरेको टिप्पणी पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

घटनाले अन्तर्राष्ट्रिय विद्यार्थी सुरक्षासम्बन्धी सवालमा गम्भीर प्रश्न उठाएको छ भने नेपाल सरकारले समेत कूटनीतिक तहमा चासो व्यक्त गरिसकेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज