Advertisement

एक वर्षमा दाउन्ने सडक ६३ पटक अवरुद्ध, साउन मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

Advertisement

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासीको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म सडक पूर्ण वा आंशिक रूपमा पटक–पटक बन्द भएको हो।

दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला र त्रियासी मोडजस्ता स्थानहरू पहिरो र हिलोबाट बढी प्रभावित भएका छन्। ट्राफिक प्रमुख जनक बन्जाराका अनुसार सडक विस्तारका लागि गरिएको भित्तो कटानले पहिरोको जोखिम अझ बढाएको छ। घाम लाग्दा धुलो र खाल्डाखुल्डीका कारण पनि यात्रुहरू सधैँ समस्यामा पर्न बाध्य छन्।

गएको पुस २६ गते विनयी खोलाको पुल भत्किँदा सडक झन् अस्तव्यस्त बनेको थियो। असार १९ गते नयाँ पुल सञ्चालनमा आएपछि केही सहजता आएको छ। हाल पर्खाल, कल्भर्ट र ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किमी सडकमा बजार क्षेत्रलाई सर्भिस लेनसहित छ लेन र जोखिमयुक्त दाउन्ने क्षेत्रमा तीन लेनको सडक बनाउने योजना छ। चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले १७ अर्ब रुपैयाँको लागतमा निर्माणको ठेक्का लिएको यो आयोजनाको म्याद तीनपटक थपिइसकेको छ। अब भने यही साउन मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज