Advertisement

एक वर्षमा दाउन्ने सडक ६३ पटक अवरुद्ध, साउन मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

Advertisement

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासीको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म सडक पूर्ण वा आंशिक रूपमा पटक–पटक बन्द भएको हो।

दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला र त्रियासी मोडजस्ता स्थानहरू पहिरो र हिलोबाट बढी प्रभावित भएका छन्। ट्राफिक प्रमुख जनक बन्जाराका अनुसार सडक विस्तारका लागि गरिएको भित्तो कटानले पहिरोको जोखिम अझ बढाएको छ। घाम लाग्दा धुलो र खाल्डाखुल्डीका कारण पनि यात्रुहरू सधैँ समस्यामा पर्न बाध्य छन्।

गएको पुस २६ गते विनयी खोलाको पुल भत्किँदा सडक झन् अस्तव्यस्त बनेको थियो। असार १९ गते नयाँ पुल सञ्चालनमा आएपछि केही सहजता आएको छ। हाल पर्खाल, कल्भर्ट र ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किमी सडकमा बजार क्षेत्रलाई सर्भिस लेनसहित छ लेन र जोखिमयुक्त दाउन्ने क्षेत्रमा तीन लेनको सडक बनाउने योजना छ। चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले १७ अर्ब रुपैयाँको लागतमा निर्माणको ठेक्का लिएको यो आयोजनाको म्याद तीनपटक थपिइसकेको छ। अब भने यही साउन मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज