Advertisement

केदारस्यूँमा बाल क्लब सञ्जाललाई तीनदिने नेतृत्व तथा संस्थागत विकास तालिम

Advertisement

बझाङ— केदारस्यूँ गाउँपालिकाका बाल क्लब सञ्जाललाई लक्षित गर्दै तीनदिने नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका भित्रका ९ वटै वडामा सक्रिय बाल क्लबका २५ जना पदाधिकारीलाई साउन १ गतेदेखि ३ गतेसम्म तालिम प्रदान गरिएको हो।

बाल क्लबहरूलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउने उद्देश्यसहित आयोजित तालिममा सहभागीहरूलाई नेतृत्व क्षमता, क्लब सञ्चालन र व्यवस्थापन, निर्णय क्षमता तथा बाल अधिकार प्रवर्द्धनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। तालिमले बालबालिकाको आत्मविश्वास र सक्रिय सहभागिता बढाउनुका साथै उनीहरूलाई जिम्मेवार र सचेत नागरिकका रूपमा तयार पार्ने अपेक्षा गरिएको छ।

तालिममा सहभागी नमादेउ बाल सञ्जालका अध्यक्ष रोशन भट्टले भने, “यो तालिमबाट हामीले नेतृत्व गर्न सिक्यौं, टोलीमा कसरी काम गर्ने भन्ने बुझ्यौं र क्लबलाई अझ व्यवस्थित बनाउने योजना बनाएका छौं। अब समुदायमा बाल अधिकारको विषयमा काम गर्न सजिलो हुनेछ।”
त्यस्तै, महादेव बाल सञ्जालकी अध्यक्ष निर्मला खातीले भनिन्, “हामी पहिले थोरै मात्र सक्रिय थियौं। तालिमपछि बाल क्लबको उद्देश्य, योजना बनाउने तरिका र कार्यक्रम सञ्चालन गर्ने सीप पाएका छौं। यो हाम्रो लागि निकै उपयोगी बन्यो।”

तालिमको समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले बालबालिकाको आत्मविश्वास अभिवृद्धिमा तालिमले योगदान पुर्‍याएको बताउँदै भने, “संस्थागत रूपमा बाल क्लबलाई सुदृढ बनाउने काममा गाउँपालिका निरन्तर सहकार्य गर्न तयार छ। यसले दीर्घकालीन सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउनेछ।”

उपाध्यक्ष मनिषा धामीले बाल क्लबमार्फत बालबालिकाले आफ्ना हक अधिकारप्रति सचेत र सक्षम बन्ने विश्वास व्यक्त गरिन्। “तालिमबाट उनीहरूमा आत्मविश्वास र नेतृत्व क्षमता विकास हुने अपेक्षा गरिएको छ,” उनले भनिन्।

पालिका अध्यक्ष गणेशबहादुर बोहराले तालिममा सिकाइएका कुराहरू व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै भने, “बालबालिकालाई बाल्यकालदेखि नै नेतृत्वमा सहभागी गराउनु हाम्रो प्रमुख उद्देश्य हो। यस्तो तालिमले उनीहरूलाई जिम्मेवार नागरिक बन्ने बाटोमा अघि बढाउँछ।

बाल अधिकार प्रवर्द्धन र बालबालिकाको सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

उक्त तालिम प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल द्वारा सञ्चालित बाल संरक्षण परियोजनाको साझेदारीमा, केदारस्यूँ गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको थियो। तालिमको सहजीकरण बाल संरक्षण परियोजनाका फिल्ड अधिकृत विनोद थापा, प्रगतिशीलका कर्मचारी शान्ति भण्डारी र गीता चन्दले गरेका थिए भने प्रशिक्षण प्रशिक्षक बिरेन्द्रबहादुर खड्काले दिनुभएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज