Advertisement

केदारस्यूँमा बाल क्लब सञ्जाललाई तीनदिने नेतृत्व तथा संस्थागत विकास तालिम

Advertisement

बझाङ— केदारस्यूँ गाउँपालिकाका बाल क्लब सञ्जाललाई लक्षित गर्दै तीनदिने नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका भित्रका ९ वटै वडामा सक्रिय बाल क्लबका २५ जना पदाधिकारीलाई साउन १ गतेदेखि ३ गतेसम्म तालिम प्रदान गरिएको हो।

बाल क्लबहरूलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउने उद्देश्यसहित आयोजित तालिममा सहभागीहरूलाई नेतृत्व क्षमता, क्लब सञ्चालन र व्यवस्थापन, निर्णय क्षमता तथा बाल अधिकार प्रवर्द्धनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। तालिमले बालबालिकाको आत्मविश्वास र सक्रिय सहभागिता बढाउनुका साथै उनीहरूलाई जिम्मेवार र सचेत नागरिकका रूपमा तयार पार्ने अपेक्षा गरिएको छ।

तालिममा सहभागी नमादेउ बाल सञ्जालका अध्यक्ष रोशन भट्टले भने, “यो तालिमबाट हामीले नेतृत्व गर्न सिक्यौं, टोलीमा कसरी काम गर्ने भन्ने बुझ्यौं र क्लबलाई अझ व्यवस्थित बनाउने योजना बनाएका छौं। अब समुदायमा बाल अधिकारको विषयमा काम गर्न सजिलो हुनेछ।”
त्यस्तै, महादेव बाल सञ्जालकी अध्यक्ष निर्मला खातीले भनिन्, “हामी पहिले थोरै मात्र सक्रिय थियौं। तालिमपछि बाल क्लबको उद्देश्य, योजना बनाउने तरिका र कार्यक्रम सञ्चालन गर्ने सीप पाएका छौं। यो हाम्रो लागि निकै उपयोगी बन्यो।”

तालिमको समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले बालबालिकाको आत्मविश्वास अभिवृद्धिमा तालिमले योगदान पुर्‍याएको बताउँदै भने, “संस्थागत रूपमा बाल क्लबलाई सुदृढ बनाउने काममा गाउँपालिका निरन्तर सहकार्य गर्न तयार छ। यसले दीर्घकालीन सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउनेछ।”

उपाध्यक्ष मनिषा धामीले बाल क्लबमार्फत बालबालिकाले आफ्ना हक अधिकारप्रति सचेत र सक्षम बन्ने विश्वास व्यक्त गरिन्। “तालिमबाट उनीहरूमा आत्मविश्वास र नेतृत्व क्षमता विकास हुने अपेक्षा गरिएको छ,” उनले भनिन्।

पालिका अध्यक्ष गणेशबहादुर बोहराले तालिममा सिकाइएका कुराहरू व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै भने, “बालबालिकालाई बाल्यकालदेखि नै नेतृत्वमा सहभागी गराउनु हाम्रो प्रमुख उद्देश्य हो। यस्तो तालिमले उनीहरूलाई जिम्मेवार नागरिक बन्ने बाटोमा अघि बढाउँछ।

बाल अधिकार प्रवर्द्धन र बालबालिकाको सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

उक्त तालिम प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल द्वारा सञ्चालित बाल संरक्षण परियोजनाको साझेदारीमा, केदारस्यूँ गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको थियो। तालिमको सहजीकरण बाल संरक्षण परियोजनाका फिल्ड अधिकृत विनोद थापा, प्रगतिशीलका कर्मचारी शान्ति भण्डारी र गीता चन्दले गरेका थिए भने प्रशिक्षण प्रशिक्षक बिरेन्द्रबहादुर खड्काले दिनुभएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज