Advertisement

बझाङको केदारस्यूँ गाउँपालिकामा बाल क्लब सञ्जालको संस्थागत तथा नेतृत्व विकास सम्बन्धि तालिम सुरु

Advertisement

बझाङ— केदारस्यूँ गाउँपालिकामा बाल क्लब सञ्जालको संस्थागत विकास तथा नेतृत्व विकासका लागि तीनदिने तालिम सुरु गरिएको छ। गाउँपालिका भित्रका ९ वटै वडामा क्रियाशील बाल क्लबका पदाधिकारीलाई क्लबको संस्थागत सुदृढीकरण र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिमको आयोजना प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा सञ्चालित बाल संरक्षण परियोजनाको साझेदारीमा, केदारस्यूँ गाउँपालिकाको सहकार्यमा गरिएको हो।
तालिम उद्घाटन सत्रमा परियोजनाका फिल्ड संरक्षण अधिकृत विनोद थापाले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै, बाल क्लब सञ्जालसँग विगत पाँच वर्षदेखि विभिन्न क्षमता विकासमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले बालबालिकाले आत्मविश्वासका साथ सार्वजनिक रूपमा प्रस्तुत हुन नसकेको देखिएको उल्लेख गर्दै, तालिमले उनीहरूको आत्मविश्वास अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे। साथै, सिकाइका कुरा व्यवहारमा उतार्न उनले सहभागीहरूलाई आग्रह गरे।
गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले सहभागी बालबालिका निकै भाग्यमानी रहेको भन्दै, सबैलाई यस्ता अवसर सहजै प्राप्त नहुने बताए। उनले बाल्यकाललाई भविष्य निर्माणको आधारभूत समयका रूपमा चिनाउँदै, परिश्रम र संघर्ष विना उज्ज्वल भविष्य सम्भव नरहेको उल्लेख गरे।
“मान्छेले सबै कुरा जन्मजात सिकेर आउँदैन। सिक्न प्रयास गर्नु पर्छ, अहिलेको संघर्षले नै भविष्य उज्यालो बनाउँछ,” अध्यक्ष बोहराले भने। उनले सहभागी बालबालिकालाई तालिममा सक्रियतापूर्वक सहभागी हुन र ध्यानपूर्वक सिक्न सुझाव दिए।

आजदेखि गाउँपालिकाको सभाहल देउरामा सुरु भएको २४ जना सहभागी उक्त तालिम ३ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको सहजीकरण बिरेन्द्र बहादुर खड्काले गरिरहनुभएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज