Advertisement

भारतको कर्नाटकमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी शान्तिनगर तथा बित्थडचिर समिति गठन

Advertisement

कर्नाटक भारत- प्रवासी भूमिमा रहेका नेपालीहरूले राजनीतिक चेतनासँगै संगठनात्मक सक्रियता अभिव्यक्त गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी मञ्च कर्नाटकअन्तर्गत शान्तिनगर समिति तथा बित्थडचिर गाउँपालिका समिति गठन गरिएको छ।

समितिहरू गठन गर्ने कार्यक्रम असार २९ गते कर्नाटकमा आयोजित भएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय उपप्रमुख दीपकराज आचार्य र केन्द्रीय अनुशासन विभाग प्रमुख पहल एन्जी विशेष अतिथि थिए। नेताहरूले नवगठित समितिलाई बधाई दिंदै प्रवासमा रहेर पनि देशप्रेम, राजनीतिक जागरुकता र संगठन निर्माणमा सक्रिय योगदान दिनुपर्नेमा जोड दिएका थिए।

नवगठित समितिमा बसन्त धामी सभापति चयन भएका छन्। त्यसैगरी, विनोद नेपाली उपसभापति, टेकेन्द्र धामी सचिव, नरेश कडायत सहसचिव, नरेश अवस्थी कोषाध्यक्ष र यज्ञराज अवस्थी सह-कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्। महेश बिष्ट प्रवक्ताको रूपमा र हरमल धामी सह-प्रवक्ताको रूपमा चयन भएका छन्। त्यस्तै, मोहनप्रसाद जोशी सल्लाहकार प्रमुख र सुरेश बिष्ट सल्लाहकारका रूपमा मनोनित भएका छन्।

सदस्यहरूमा हर्क धामी, दीपक स्याडा, नरेन्द्र रोकाया, प्रेम रोकाया, कृष्ण भाट, जगदीश बिष्ट, विष्णु खड्का, पार्वती धामी र यमुना धामी रहेका छन्।

स्थानीय सुसिल ओखेडाले कार्यक्रममा बोल्दै प्रवासी भूमिमा यस्ता संगठनहरूको निर्माण प्रेरणादायी भएको बताए। उनले राजनीतिक सचेतना, समर्पण र नेतृत्व विकासमा प्रवासी नेपालीहरू पनि पछाडि नपर्ने स्पष्ट पारे।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज