Advertisement

समयमै विवाह गरी सन्तान जन्माउनुस् : प्रधानमन्त्री ओली

Advertisement

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका सँगसँगै जनसंख्याको सन्तुलित वृद्धि नभए मानव अस्तित्व नै खतरामा पर्न सक्ने चेतावनी दिएका छन्।

विश्व जनसंख्या दिवसका अवसरमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरे। कार्यक्रममा राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गरिएको थियो।

प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति सँगसँगै हुनुपर्नेमा जोड दिंदै सन्तान उत्पादनलाई धर्ती र मानव सभ्यताप्रतिको उत्तरदायित्वको रूपमा लिनुपर्ने बताए।

मानव जातिको अस्तित्व जोगाउन उपयुक्त नीति र कदम आवश्यक छन्,” उनले भने, “सृष्टिको सिर्जनाका लागि मानवजति मूल्यवान अरु केही छैन।”

उनले जनसंख्याबारे सेमिनार र गोष्ठी गर्ने तर अर्कोतर्फ विनाशका हतियार बनाउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै यस्तो द्वैध चरित्रले मानव जातिको भविष्य संकटमा पार्न सक्ने बताए।

प्रधानमन्त्री ओलीले सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको उल्लेख गर्दै ३० वर्षभित्र सन्तान प्राप्त गर्न र “चालीस कटेपछि रमाउला” भन्ने गीतको प्रभावमा नअल्झन आग्रह गरे।

उनले “डाँडाकाँडा ढाकुन्” भन्ने सोच हटाउने क्रममा उल्टै सन्तान नहुने स्थिति सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै विकास भएका मुलुकमा समेत जनसंख्या ऋणात्मक हुन थालेको उदाहरण दिए।

प्रधानमन्त्रीले नयाँ जनसंख्या नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सन्तुलित जनसंख्या व्यवस्थापन मानव अस्तित्व जोगाउने मुख्य उपाय भएको उल्लेख गरे।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज