Advertisement

बझाङकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबद्वारा सम्मान

Advertisement

बझाङ– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बझाङ जिल्लामै सर्वाधिक अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबले एक विशेष समारोहका बीच सम्मान गरेको छ।
चिरासैनी युवा क्लबको आयोजनामा भएको कार्यक्रममा प्रतिभा जोशीको शैक्षिक उत्कृष्टता र उनको निरन्तर परिश्रमको उच्च प्रशंसा गर्दै सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष कलक धामीले भने, “प्रतिभा जस्ता होनहार विद्यार्थीहरू हाम्रो गाउँको शान हुन्। उनीहरूको मेहनतले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा मिल्छ। चिरासैनी युवा क्लब सधैं यस्ता प्रतिभाहरूको सम्मान र प्रोत्साहनमा अग्रसर रहनेछ।”
सम्मान ग्रहण गरेपछि प्रतिभा जोशीले आफूले प्राप्त गरेको सफलताको श्रेय आफ्ना अभिभावक, शिक्षक र साथीहरूलाई दिँदै भनिन्, “यो सम्मानले मलाई अझ कडा मेहनत गर्न थप प्रेरणा दिएको छ। म भविष्यमा राष्ट्रको सेवा गर्ने अठोट लिएको छु।”
उक्त कार्यक्रममा क्लबका पदाधिकारीहरू, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज