काठमाडौँ– नेपालमा यस वर्षको मनसुन प्रवेश गरेको एक महिनामै ६ सय ७४ वटा विपद्का घटना भएका छन्। अघिल्लो महिना जेठ १५ गते राति पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार १६ गतेसम्मको एक महिनाको अवधिमा भएका ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने १ सय १२ जना घाइते भएका छन्।
प्राधिकरणको तथ्याङ्कअनुसार, पहिरोका ८७ वटा घटनामा २५ वटा घर आंशिक रूपमा र ११ वटा घर पूर्ण रूपमा क्षति भएका छन्। त्यस्तै, एउटा पुलमा पनि क्षति पुगेको छ।
बाढीका ६४ घटनामा १२३ परिवार प्रभावित भएका छन् भने चट्याङले ८२ वटा घटना निम्त्याएको प्राधिकरणले जनाएको छ।

