Advertisement

सुर्मा गाउँपालिकामा नयाँ प्रहरी भवन उद्घाटन

Advertisement

बझाङ जिल्लाको सुर्मा गाउँपालिका–१, दौलिचौरमा निर्माण सम्पन्न भएको नयाँ प्रहरी चौकी भवनको एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।

प्रहरी सेवामा पहुँच विस्तार र जनमैत्री सुरक्षालाई थप सुदृढ गर्न नेपाल सरकार र सुर्मा गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको उद्घाटन प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले रिवन काटेर गर्नुभएको हो। गाउँपालिका अध्यक्ष खडक बोहराले कार्यक्रमको औपचारिक शुभारम्भ ब्यानर वाचन गरेर गर्नुभयो।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा संयोजकको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खडक बोहरा तथा विशिष्ट अतिथिका रूपमा वडा नं. १ का अध्यक्ष दिनेश बोहरा, वडा नं. २ का अध्यक्ष सुरेन्द्र बोहरा, अन्य जनप्रतिनिधि, सुरक्षाकर्मीहरू र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा सशस्त्र प्रहरी डिएसपी युवराज भण्डारीले प्रहरी चौकीको उद्देश्य, सेवा प्रवाह तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले स्थानीय सरकारसँग सहकार्य गर्दै जनताको सुरक्षामा प्रहरी कटिबद्ध रहेको बताउनुभयो।

गाउँपालिकाले कार्यक्रमअन्तर्गत “गुनासो सुनुवाइ र सार्वजनिक बहस” पनि सञ्चालन गरेको थियो, जसमा स्थानीय प्रशासन र नागरिकबीच आपसी समन्वय, पारदर्शिता र उत्तरदायित्वका विषयमा छलफल भएको थियो।

स्थानीय तह र सुरक्षाप्रशासनबीचको सहकार्यबाट सुन्दर सुर्माको शान्ति सुरक्षा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज