Advertisement

ट्रम्पको दाबी : इरानका आणविक केन्द्र पूर्ण ध्वस्त

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन्। यद्यपि अमेरिकी गुप्तचर निकायको प्रारम्भिक अनुसन्धानले आक्रमणले केही भौतिक क्षति पुर्‍याए पनि पूर्णरूपमा नष्ट गर्न नसकेको देखाएको छ।

पेन्टागनको रक्षा गुप्तचर एजेन्सी (डिआइए) बाट आएको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमहरूमा चुहावट भएको थियो। सो सूचनाको चुहावटप्रति ट्रम्प आक्रोशित बनेका छन्। ट्रम्प प्रशासनले भने इरानको आणविक कार्यक्रम अझै कायम रहेको भन्ने रिपोर्टलाई अस्वीकार गरिरहेको छ।

मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले सूचनाको चुहावटलाई ‘देशद्रोह’को संज्ञा दिएका छन्।

त्यहीबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान आक्रमणबाट पछि हट्नु इजरायलका लागि ऐतिहासिक विजय भएको प्रतिक्रिया दिएका छन्।

इरानका राष्ट्रपति मासाउद पेजेस्खिनले भने नागरिकको दृढताको कारण १२ दिने युद्धको अन्त्य सम्भव भएको बताएका छन्। युद्धविरामसँगै इरानमा जनजीवन सामान्य बन्दै गएको छ र राजधानी तेहरान छाडेका नागरिक पुनः फर्किन थालेका छन्। देशभर उत्सवको माहोल देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज