Advertisement

दार्चुलामा हावाहुरीले विद्यालयको छाना उडाएको दुई वर्ष, मर्मत अझै बाकी

Advertisement

दार्चुला- जिल्लाको शैल्यशिखर नगरपालिका–७ मा रहेको भैरवनाथ आधारभूत विद्यालयको पठनपाठन हावाहुरीले उडाएको छाना दुई वर्षसम्म मर्मत नहुँदा गम्भीर रूपले प्रभावित बनेको छ। विद्यालय भवनको छाना, ढोका र झ्याल विहीन अवस्थाले बालबालिकालाई सुरक्षित र सहज वातावरणमा पढ्न नदिएको स्थानीयको गुनासो छ।

दुई वर्ष अगाडि हावाहुरीले विद्यालयको छाना उडाएपछि हालसम्म मर्मत सम्भार हुन नसकेको हो। सम्बन्धित निकायबाट आवश्यक बजेट विनियोजन नहुँदा समस्या झनै चुलिएको विद्यालय प्रशासनले जनाएको छ। कक्षा कोठामा डेस्क–बेञ्चको समेत अभाव हुँदा बालबालिकाहरू कार्पेटमा बसेर पढ्न बाध्य छन्। “विद्यालयमा न त बस्ने कुर्सी छ, न छाना, न त ढोका नै। बच्चाहरू असुरक्षित र कष्टकर अवस्थामा पढिरहेका छन्,” एक अभिभावकले भने।

विद्यालय २०६८ सालमा स्थापना भएको हो। हाल विद्यालयमा कक्षा ३ सम्म पढाइ हुँदै आएको छ। कागजमा विद्यार्थी संख्या ३४ जना रहे पनि नियमित रूपमा करिब २५ जना मात्रै विद्यालय आउने गरेका छन्। भवनको अवस्थाले बालबालिकामा डर र असुरक्षा बढाएको छ भने शिक्षकहरू पनि असहज महसुस गरिरहेका छन्।

स्थानीय सरकार र सम्बन्धित निकायले विद्यालय मर्मतमा कुनै चासो नदेखाएको भन्दै स्थानीयवासीहरूले तत्काल समस्या समाधानका लागि ध्यान दिन आग्रह गरेका छन्। बालबालिकाको शिक्षामा प्रत्यक्ष असर पर्ने अवस्था भएकाले विद्यालयको पुनर्निर्माण अब ढिलो नगर्न उनीहरूको माग छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज