Advertisement

दार्चुलामा हावाहुरीले विद्यालयको छाना उडाएको दुई वर्ष, मर्मत अझै बाकी

Advertisement

दार्चुला- जिल्लाको शैल्यशिखर नगरपालिका–७ मा रहेको भैरवनाथ आधारभूत विद्यालयको पठनपाठन हावाहुरीले उडाएको छाना दुई वर्षसम्म मर्मत नहुँदा गम्भीर रूपले प्रभावित बनेको छ। विद्यालय भवनको छाना, ढोका र झ्याल विहीन अवस्थाले बालबालिकालाई सुरक्षित र सहज वातावरणमा पढ्न नदिएको स्थानीयको गुनासो छ।

दुई वर्ष अगाडि हावाहुरीले विद्यालयको छाना उडाएपछि हालसम्म मर्मत सम्भार हुन नसकेको हो। सम्बन्धित निकायबाट आवश्यक बजेट विनियोजन नहुँदा समस्या झनै चुलिएको विद्यालय प्रशासनले जनाएको छ। कक्षा कोठामा डेस्क–बेञ्चको समेत अभाव हुँदा बालबालिकाहरू कार्पेटमा बसेर पढ्न बाध्य छन्। “विद्यालयमा न त बस्ने कुर्सी छ, न छाना, न त ढोका नै। बच्चाहरू असुरक्षित र कष्टकर अवस्थामा पढिरहेका छन्,” एक अभिभावकले भने।

विद्यालय २०६८ सालमा स्थापना भएको हो। हाल विद्यालयमा कक्षा ३ सम्म पढाइ हुँदै आएको छ। कागजमा विद्यार्थी संख्या ३४ जना रहे पनि नियमित रूपमा करिब २५ जना मात्रै विद्यालय आउने गरेका छन्। भवनको अवस्थाले बालबालिकामा डर र असुरक्षा बढाएको छ भने शिक्षकहरू पनि असहज महसुस गरिरहेका छन्।

स्थानीय सरकार र सम्बन्धित निकायले विद्यालय मर्मतमा कुनै चासो नदेखाएको भन्दै स्थानीयवासीहरूले तत्काल समस्या समाधानका लागि ध्यान दिन आग्रह गरेका छन्। बालबालिकाको शिक्षामा प्रत्यक्ष असर पर्ने अवस्था भएकाले विद्यालयको पुनर्निर्माण अब ढिलो नगर्न उनीहरूको माग छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज