Advertisement

तलकोट गाउँपालिका: विकास र समृद्धिको यात्रामा तीव्र गति

Advertisement

उत्तमकुमार थापा बझाङ, सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लाको विकट भनेर चिनिँदै आएको तलकोट गाउँपालिका पछिल्लो समय विकास र समृद्धिको यात्रामा तीव्र गतिमा अगाडि बढिरहेको देखिएको छ।

“सुखी नेपाली, समृद्ध नेपाल” भन्ने राष्ट्रिय अभियानसँग तालमेल मिलाउँदै स्थानीय सरकारको सक्रियता र स्थानीय नेतृत्वको पहल मार्फत गाउँपालिका भौतिक पूर्वाधारदेखि सामाजिक क्षेत्रमा समेत प्रगतिको मार्गमा अघि बढिरहेको छ।

प्रशासकीय अधिकृतको सकारात्मक अनुभव

प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईका अनुसार, संघीय संरचनाले विकट मानिएको बझाङको सम्भावना र समृद्धिको ढोका खोलिदिएको छ। “पहिलो पटक आउँदा अप्ठ्यारो लागे पनि केही दिनमै तलकोटको शान्त वातावरण, सलल बग्ने सेती नदी र हिमालको दृश्यले मन छुन्छ”, उनले बताए। उनले आफू नागरिक सेवामा दिनरात खटिएको र कर्मचारी टोलीको साथ पाउँदा थप हौसला मिलेको उल्लेख गरे।

महिला सशक्तीकरणमा उपाध्यक्षको अग्रसरता

गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले पछिल्लो समय महिला सशक्तीकरण र जलवायु परिवर्तनको विषयमा गाउँपालिकाले सक्रियता देखाएको बताइन्। “पछाडि परेका दिदीबहिनीलाई सिप विकास तालिममार्फत सक्षम बनाउने प्रयास भएको छ”, उनले भनिन्।

भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति

गाउँपालिका अध्यक्ष कलक रोकायाले स्थानीय तहको निर्वाचन २०८९ पश्चात प्रशासकीय भवन निर्माण, सडक सञ्जाल विस्तार र मेलविसैना स्वास्थ्य चौकी निर्माणमा उल्लेखनीय प्रगति भएको बताए। “अब चाँडै तलकोटका नागरिकले सहज सेवा पाउनेछन्”, उनले जनाए।

पर्यटकीय स्थलको प्रवर्द्धन

तलकोटका पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै स्थानीय सरकारले तातोपानी तपोवन, दातोला झरना जस्ता स्थानलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिएको छ। प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईका अनुसार, “यी प्राकृतिक स्रोतहरूको व्यवस्थापनमार्फत पर्यटन र रोजगारीमा टेवा पुग्नेछ।”

समृद्ध र समुन्नत समाजको परिकल्पना साकार पार्ने यात्रामा तलकोट गाउँपालिका विकासका विविध आयामहरूमा मजबुत कसम साथ अघि बढिरहेको छ। नागरिक सहभागिता, सक्षम नेतृत्व र स्पष्ट योजना मार्फत तलकोट अब सुदूरपश्चिमका उदाहरणीय स्थानीय तहमध्ये उभिन सक्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज