Advertisement

विश्वसनीय विपक्षीविनै क्याम्बोडियामा आम निर्वाचन

Advertisement

क्याम्बोडियामा लामो समयदेखि शासन गरिरहेका नेताले आफ्नो दलको शासन विस्तार गर्न सहज पार्ने जस्तो देखिएको आम निर्वाचनको मतदान जारी छ। त्यहाँ सत्ताधारी दलविरुद्ध कुनै गम्भीर प्रतिपक्ष चुनावमा मैदानमा छैन।

राजधानी प्नोम पेनमा भोट हाल्न आएका मतदाताले क्याम्बोडियन पिपुल्स पार्टी (सीपीपी)ले त्यहाँको संसद्का सबै १२५ वटै सिटहरू फेरि पनि जित्ने अपेक्षा गरेको बीबीसीलाई बताएका छन्।

करिब चार दशकदेखि सत्तामा रहेका हुन सेनले गत मे महिनामा एक मात्र विश्वसनीय प्रतिपक्षी दललाई चुनावमा भाग लिन अयोग्य घोषित गरेपछि उनले वास्तविक चुनौतीको सामना गर्नुपरेको छैन।

आलोचकहरूले यो निर्वाचनलाई ‘देखावटी’ भनेका छन्।

प्नोम पेनका एक जना मतदाताले बीबीसीसँग भने, “यो वर्षको चुनाव स्वतन्त्र र निष्पक्ष छैन किनभने २० लाख जनताको छनोट खोसिएको छ।”

अमेरिकालगायत पश्चिमी राष्ट्रहरूले पनि मतदानको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका छन्। मतदातालाई वास्तविक विकल्प छनोटको प्रस्ताव नगरिएकाले उच्च मत खसेको देखाउन सरकारले चुनाव बहिष्कार गर्ने वा मतपत्र बिगार्ने कुनै पनि प्रयासलाई अपराधका रूपमा वर्गीकरण गरेको छ।

विपक्षीमाथि आक्रमण

यस वर्ष विपक्षी सांसदहरूमाथि हिंसात्मक आक्रमणहरू भएको बताइएको छ।

ह्युमन राइट्स वाचले सरकारले चुनावी अभियानका क्रममा विपक्षीहरू धम्की दिने र जथाभाबी गिरफ्तार गर्ने क्रम बढाएको जनाएको छ।

गत मे महिनामा सरकारले देशको प्रमुख प्रतिपक्षी दल क्यान्डललाइट पार्टीलाई प्राविधिक रूपमा प्रतिबन्ध लगाएको थियो।

क्याम्बोडियाको निर्वाचन आयोगले उक्त दलले निर्वाचनका लागि आवश्यक पर्ने कागजी कार्यहरू पूरा नगरेको बताएको छ। यद्यपि गत वर्षको स्थानीय चुनावका लागि ती कागजपत्रहरू मागिएका थिएनन्।

क्यान्डललाइटले गत वर्षको स्थानीय चुनावमा २२ प्रतिशत मत पाएको थियो।

त्यसैले गर्दा हुन सेनले उक्त दललाई आफ्नो शासनका निम्ति सम्भावित खतराको रूपमा हेरेको विश्लेषकहरू बताउँछन्।

साङ्केतिक तस्बिर
साङ्केतिक तस्बिर

यो पनि हेर्नुहोस्

साङ्केतिक तस्बिर

छोरालाई अघि सार्दै हुन सेन

तर आइतवार बिहान राजधानीमा मतदान गरेका हुन सेनले आफ्नो जेठो छोरा हुन मानेटलाई शक्ति हस्तान्तरण गर्ने योजना बनाएको स्पष्ट सङ्केतहरू देखिएका छन् र सम्भवतः आगामी साताहरूमै त्यस्तो हुन सक्नेछ।

सेना प्रमुख समेत रहेका उनले आफ्ना पितासँगै सीपीपीको चुनावी अभियानको नेतृत्व गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार हुन सेन आफ्नो शासनकालमा लगातार थप अधिनायकवादी बन्दै गएका छन्।

यसै वर्षको सुरुमा क्याम्बोडियामा प्रमुख प्रतिपक्षी नेता केम सोखालाई कथित देशद्रोहको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको थियो।

त्यस्तै त्यहाँ एउटा प्रमुख समाचार संस्था ‘भ्वाइस अफ डेमोक्रेसी’लाई पनि बन्द गराइयो।

विश्लेषकहरूका अनुसार हुन सेनले प्रजातान्त्रिक संस्थाहरूलाई निशाना बनाएको र मतदानअघि विपक्षीहरूलाई निस्तेज पार्न खोजेको यो दोस्रो चुनाव हो।

सन् २०१८ मा उनको क्याम्बोडियन पिपुल्स पार्टीले न्याशनल एसेम्ब्लीका १२५ मध्यै सबै सिटमा चुनाव जितेको थियो।

राजनीतिक रूपमा नियन्त्रित अदालतले मुख्य विपक्षी गठबन्धनलाई विघटन गरिदिएपछि त्यो सम्भव भएको थियो।

हुन मानेट
तस्बिरको क्याप्शन,हुन सेनका छोरा हुन मानेट

विपक्षीका रूपमा साना दल

यस वर्षको निर्वाचनमा अन्य १७ वटा दलहरू सहभागी छन् तर ती सबैजसो साना, नयाँ वा सत्तारूढ दलसँग गठबन्धन गरेका पार्टी हुन्। ती दलहरूलाई विश्वसनीय प्रतिस्पर्धी मान्न सकिँदैन।

क्याम्बोडियाको अर्थतन्त्र अनिश्चित बनेका बेलामा चुनाव भएको हो। त्यहाँ इन्धनको मूल्य बढेको, ज्याला नबढेको र देशले ऋणको भारी बोक्नु परेको खबरहरू आइरहेका छन्।

यद्यपि हुन सेनले यो उनको अन्तिम कार्यकाल हुनसक्ने बताउँदै चुनावी अभियान चलाएका छन्।

सन् २०२१ मा उनले आफ्नो जेठो छोरालाई शक्ति हस्तान्तरण गर्ने बताएका थिए। उनका जेठा छोरा अहिले रोयल क्याम्बोडियन आर्मीको नेतृत्वमा छन्।

हान मानेट यो चुनावमा संसदीय सिटका लागि पहिलो पटक उम्मेदवार बनेका छन् र उनले शुक्रवार राजधानीमा पार्टीले निकालेको अन्तिम चुनावी जुलुसको नेतृत्व गरेका थिए।

हुन सेनले आफ्नो छोरो तीन वा चार सातामा “प्रधानमन्त्री” बन्न सक्ने सङ्केत गरे पनि गत बिहीवारसम्म सत्ता हस्तान्तरणका लागि कुनै समयसीमा दिइएको थिएन।

हुन सेनको उदय

हुन सेन

हुन सेनको पार्टीले सन् १९९० को दशकदेखि प्रत्येक पाँच वर्षमा हुने सबै ६ वटा राष्ट्रिय चुनावहरू जितेको छ।

उक्त दशकमा संयुक्त राष्ट्रसङ्घले १ करोड ६० लाख जनसङ्ख्या भएको उक्त दक्षिण पूर्वी एशियाली देशलाई दशकौँको गृहयुद्ध र खमेर रुज शासनपछि लोकतान्त्रिक व्यवस्थामा आउन मद्दत गरेको थियो।

हुन सेनले चार दशकभन्दा लामो समयदेखि सेना र प्रहरीमा नियन्त्रणलगायतका कार्यहरूका माध्यमबाट आफ्नो सत्तालाई बलियो बनाउँदै आएका छन्।

पर्यवेक्षकहरूका भनाइमा उनले आफ्ना विरोधीहरूलाई जेल वा निर्वासन पठाएर तह लगाउने गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज