Advertisement

धनगढीमा लागू औषधसहित ३ जना पक्राउ: प्रहरी निरीक्षक योगेश खत्रीको टोलीको सफल अपरेशन

Advertisement

धनगढी; लागू औषध नियन्त्रणमा संलग्न प्रहरी टोलीले धनगढीमा ठूलो सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गत धनगढी वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्री र प्रहरी नायव निरीक्षक दीपेन्द्र किमाडीको विशेष टोलीले १७ ग्राम ८५० मिलिग्राम खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ।

२०७८ जेठ १२ गते बिहीबार, लागू औषध ब्युरो शाखा कार्यालय धनगढीसँगको समन्वयमा खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराहा र वडा नम्बर १२ जुगेडा ‘बी’ गाउँमा अपरेशन चलाएको थियो। अपरेशनको क्रममा दुई स्थानबाट लागू औषध बरामद गरिएको हो।

धनगढी–३ चौराहाबाट प्रहरीले १६ ग्राम २३० मिलिग्राम खैरो हिरोइन बरामद गर्दै भारतको लखिमपुर खिरी गोला घर भई हाल पल्यामा बस्दै आएका २४ वर्षीय अभिनेश कुमारलाई पक्राउ गर्‍यो।

धनगढी–१२ जुगेडा बी गाउँबाट प्रहरीले थप १ ग्राम ६२० मिलिग्राम खैरो हिरोइन बरामद गर्‍यो। सोही स्थानबाट ६६ वर्षीया मोती राना र ३१ वर्षीय चेना रानालाई पक्राउ गरिएको छ।

पक्राउ परेका तीनै जनालाई लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ।

 यस अपरेशनमा विशेष पहलकदमी लिएका प्रहरी निरीक्षक योगेश खत्री र नायव निरीक्षक दीपेन्द्र किमाडी नेतृत्वको टोलीले जोखिम मोलेर छापा मारेको थियो। लागू औषध तस्करविरुद्ध गरिएको यस कारबाहीलाई जिल्लाको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

साथै, पक्राउ परेकासँग प्रयोग भएको मोबाइल फोनसमेत बरामद गरी परीक्षणका लागि पठाइएको छ। लागू औषध ओसारपसारमा प्रयोग हुने सञ्जाल पहिचान गरी थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीले लागू औषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउने र यस किसिमका गतिविधिमा संलग्न व्यक्तिलाई कडा कारबाही गरिने प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज