Advertisement

कैलालीका भन्सार प्रमुख माथी कुटपिट

Advertisement

धनगढी । प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएपछि कैलाली भन्सार कार्यालयका कर्मचारी र एजेन्ट आन्दोलनमा उत्रिएका छन् ।

शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले कुटपिट गरेको भन्दै भन्सार कार्यालयको सेवा ठप्प पार्दै कर्मचारी र एजेन्ट महासंघ आन्दोलनमा उत्रिएको हो ।

कुटपिटमा सङ्लग्न नगर प्रहरी प्रमुख धामीसहितलाई कारबाही र सुरक्षाको माग गर्दै सेवा ठप्प पारिएकी बताइएको हो । भन्सार कार्यालय बन्द भएपछि आयात र निर्यात रोकिएको छ ।

एजेन्ट महासंघ कैलालीले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । उसले घटनाको निष्पक्ष छानबिनको माग गर्दै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न कैलाली प्रशासनलाई आग्रह गरेको छ ।

के हो घटना ?
धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली स्कारपियोले भत्काएको सूचनापछि बिहीबार राति १० बजे नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सारको बेरियलसम्म पुगेको थियो । सो क्रममा भन्सार प्रमुख तिम्सिना र नगर प्रहरी प्रमुख धामीबीच विवाद भएको थियो ।

विवादपछि भन्सार कार्यालयभित्रै प्रवेश गरेर प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएको आरोप लागेको हो ।
नगर प्रहरी निरीक्षक धामीले भने आफूहरुले भन्सार प्रमुखमाथि कुटपिट नगरेको र सामान्य धरपकड मात्रै भएको बताए । ‘ सडकको जाली भत्काउने गाडीको खोजीमा हामी भन्सारको बेरियलसम्म पुगेका थियौं,’ नगर प्रहरी प्रमुख धामीले भने, ‘त्यहाँ भन्सार प्रमुख मापसे गरेको अवस्थामा भेटिनुभएको थियो । तर, उहाँले हाम्रो गाडी थुन्ने धम्की दिँदै गाडीमा हान्न थालेपछि त्यस्तो नगर्न आग्रह गरेका थियौं ।’

सडकमा विवाद भएपछि भन्सार प्रमुख तिम्सिना भन्सार कार्यालयभित्र पसेका थिए । ‘हामीले उहाँर्लाइ चिनेका पनि थिएनौं,’ नगर प्रहरी प्रमुख धामीले भने, ‘भन्सार कार्यालयभित्र अनाधिकृत व्यक्ति पसेको आशंकामा हामी पनि उहाँकै पछाडि गएका थियौं । सो क्रममा सामान्य धरपकड भएको हो । केही समयपछि पुगेको प्रहरीले उहाँ नै भन्सार प्रमुख हो भनेर परिचय गराएपछि हामी फर्किएका हौं ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले भन्सार प्रमुख र नगर प्रहरीबीच विवाद भएको खबरपछि राति प्रहरी पठाएको जानकारी दिए । ‘हाम्रो टोली त्यहाँ पुग्दा विवाद साम्य भइसकेको थियो,’ उनले भने, ‘अहिलेसम्म कुनै पक्षबाट पनि निवेदन आएकौ छैन ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज