Advertisement

आफ्नै मन्त्रालयका कर्मचारीलाई देखाएर पन्छिन खोज्दै गृहमन्त्री लेखक

Advertisement

मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई नैतिकता देखाएर पदबाट राजीनामा दिन चौतर्फी दबाब आइरहेका बेला उनी भने नैतिकता सुनाएर पन्छिन खोजेका छन् । गल्ती प्रमाणित भएर राजनीतिबाटै अलग हुने बताउँदै उनले राजीनामा भने नदिने घोषणा गरेका छन् ।

‘विमानस्थलस्थित अध्यागमनको भिजिट भिसाको मात्रै कुरा होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा कुनै आर्थिक अनियमितता प्रमाणित भयो भने पदबाट मात्र होइन, राजनीतिबाटै राजीनामा दिन्छु,’ मन्त्री लेखकले शनिबार साँझ दिएको भिडियो सन्देशमा भनेका छन् । उनले घटनाको सम्बन्धमा विस्तृत विवरण १३ जेठमा प्रतिनिधिसभाको बैठकमा दिने तयारी रहेकोसमेत बताएका छन् । ‘मैले सदनमा बोल्न समय माग गरेको छु, विस्तृत कुरा म त्यहीँ स्पष्ट पार्नेछु,’ उनले भने ।

त्यसअघि दिउँसो कांग्रेस धनुषाको पार्टी कार्यालय जनकपुरधारमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दा पनि मन्त्री लेखकले आफूमाथि लागेका आरोप झूटा भएको दाबी गरेका थिए । ‘विमानस्थलबाट भिजिट भिसामा जाने युवाबाट रकम उठाउने गरिएको र त्यसमा ममाथि पनि आरोप लगाइएको छ । यसमा साथीहरूले चिन्ता गर्नुपर्ने, आत्तिनुपर्ने कुनै पनि कारण छैन । राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने र शिर निहुरिने काम गर्दिनँ । जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ,’ उनले भनेका थिए ।

मधेश प्रदेशस्तरीय सुरक्षा बैठकका लागि शुक्रबार नै जनकपुरधाम आएका गृहमन्त्री लेखकले यस प्रकरणमा पर्दापछाडि कसैले काम गरेकोसमेत संकेत गरे । ‘यो कहाँबाट प्रचार भइरहेको छ भनेर बुझ्न केही दिन चुप लागेको थिएँ । केही थाहा पनि पाइसकेको छु,’ उनले भने, ‘दुई–चार दिनमा आफैँ पनि केही थप बोल्छु । त्यसैले अहिले धेरै बोल्दिनँ ।’

अर्कोतर्फ गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको संलग्नता नरहेको प्रस्टीकरण दिएको छ । ‘कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ । साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्य–तथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनुहुन अनुरोध गर्दछौँ,’ गृहको विज्ञप्तिमा छ ।

विमानस्थलमा हुने आर्थिक अनियमिततामा गृहका कर्मचारीसमेत संलग्न रहेको तथ्य बाहिरिएको छ । विज्ञप्तिमा गृहले अख्तियारको अनुसन्धानमा सघाउने उल्लेख छ । ‘विमानस्थल अध्यागमन कार्यालयको काम–कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्य–तथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ । आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ,’ गृहको विज्ञप्तिमा छ ।

त्यो भुटानी शरणार्थी काण्ड, यो भिजिट भिसा प्रकरण

दुई वर्षअघि प्रहरीले अनुसन्धान गरेको भुटानी शरणार्थी काण्ड र अहिलेको भिजिट भिसामा मानव तस्करी प्रकरणका केही समानता देखिएका छन् । दुवै घटना संगठित र संस्थागत प्रकृतिका छन् भने गृह मन्त्रालयको नेतृत्व नै मुछिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका मानव तस्करी गर्ने प्रयासमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण तथा सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाको सचिवालय नै गिरोहसँग मिलेको थियो ।

त्यतिवेला सिंगो गृह मन्त्रालयलाई बिचौलियाले हातमा लिएर अनुकूल निर्णय गराएका थिए । अहिले भिजिट भिसा प्रकरणमा पनि अध्यागमन नेतृत्व र गृहमन्त्रीको सचिवालयसँग मानव तस्करीमा संलग्न समूहको विशेष हिमचिम देखिएको छ । कतिपय कर्मचारी त भिजिट भिसाको एजेन्टकै सिफारिसमा अध्यागमन पुगेको सूचना अख्तियारको छ । यस्तो सेटिङमा दिनमै ५० लाखसम्म लेनदेन हुने गरेको र संस्थागत रूपमै भागबन्डा मिल्ने गरेका सूचनाका आधारमा अख्तियारले कर्मचारी र बिचौलियाको मोबाइल जफत गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज