Advertisement

विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

Advertisement

बझाङ: विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला जयपृथ्वी नगरपालिकामा सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका अन्तर्गत विभिन्न २० वटा विद्यालयका शिक्षकहरुको सहभागीतामा भएको दुई दिने कार्यशाला विहिबार सम्पन्न भएको हो ।

समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अधिकृत बासु ओझाले विद्यालयमा विद्यालय सुधार योजना (एस.आइ.पि) निर्माण गर्न सहयोग पुग्ने उदेश्यका साथ कार्यशालाको आयोजना गरिएको बताए ।

विद्यालयहरु भरखरै खुलेका र एस.आइ.पि निर्माण गर्न अनुकुल समय भएकाले विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला आयोजना गरिएको ओझाको भनाई छ ।

आर्थिक लगानीले मात्र विद्यालय सुधार गर्न नसकिने बताउँदै विद्यालय सुधारका लागी आवश्यक पुर्वाधारका साथै विभिन्न योजना निर्माण गर्नुपर्ने प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

अब बन्ने योजनाहरुमा आपतकालीन शिक्षाको योजना, बिपत योजना, स्टिम शिक्षा, ग्रिन स्कुल जस्ता विषयहरु प्रभावकारी बनाउनका लागि योजनामा समेट्न जरुरी रहेको जोशीको भनाई छ ।

उनले भने, ‘योजनाहरुको सफल कार्यान्वयन गर्न र चुस्त दुरुस्त राख्नका लागि सम्पन्न कार्यशालाले थप सहयोग पुर्याउने र विद्यालय तहको शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि शिक्षकहरुको क्षमता विकास र स्थानीय तहको नीति तथा योजनाहरुमा समेत सहयोग पुर्याउने छ ।’

कार्यशालामा योजना निर्माणमा नीतिगत व्यवस्था, विद्यालय सुधार योजनाका अनुभव र अभ्यास, विद्यालयको लक्ष्य, उद्देश्य, आवश्यकता विष्लेषण, विद्यालय सुधार योजना लगायतका विषयमा छलफल गरिएको छ ।

प्रगतिशील युवासमाजले विद्यालयको सर्वाङीण बिकासमा महत्वपूर्ण भुमिका खेलेको र सोही अनुरुप यस्ता गतिविधि सन्चालन गर्दै आएको प्रगतिशिल युवासमाजका कार्यक्षेत्र अधिकृत शिबराज रोकायाले बताए । आगामी दिनमा शैक्षिक उपलब्धि सुधार गर्न समेत सघाउ पुग्ने उदेश्यले कार्यक्रम सन्चालन गरेको समेत रोकायाको भनाई छ ।

कार्यशालामा सहभागी शिक्षकहरूले आ–आफ्नो विद्यालयको वर्तमान अवस्था, चुनौती र सुधारका उपायहरूबारे समूहगत छलफल गरेका थिए । नगरपालिका शिक्षा शाखा संयोजक निरजप्रसाद रेग्मीले विद्यालय सुधार योजना निर्माणको महत्व, तर्जुमा प्रक्रिया र कार्यान्वयन रणनीतिको सम्बन्धमा सहभागीहरुलाई बताएका थिए ।

रेग्मीले नमुना योजना तयार गरेर सहभागी विद्यालयलाई वितरण गरेको र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आवश्यक क्रियाकलाप समावेश गरी जेठ भित्र आफ्नो विद्यालय सुधारको योजना सम्वन्धीत निकायमा पेस गर्न समेत जानकारी दिएका छन् ।

कार्यक्रमको समापन समारोहमा बोल्दै प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीले विद्यालय सुधार योजनालाई व्यवहारमा उतार्न शिक्षक, विध्यार्थी र अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । योजना तर्जुमा तथा कार्यान्वयनमा पारदर्शिता, समावेशिता र गुणस्तरको मापदण्ड पालना गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिएका छन् ।

विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न
बझाङ
विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला जयपृथ्वी नगरपालिकामा सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका अन्तर्गत विभिन्न २० वटा विद्यालयका शिक्षकहरुको सहभागीतामा भएको दुई दिने कार्यशाला विहिबार सम्पन्न भएको हो ।

समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अधिकृत बासु ओझाले विद्यालयमा विद्यालय सुधार योजना (एस.आइ.पि) निर्माण गर्न सहयोग पुग्ने उदेश्यका साथ कार्यशालाको आयोजना गरिएको बताए ।

विद्यालयहरु भरखरै खुलेका र एस.आइ.पि निर्माण गर्न अनुकुल समय भएकाले विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला आयोजना गरिएको ओझाको भनाई छ ।

आर्थिक लगानीले मात्र विद्यालय सुधार गर्न नसकिने बताउँदै विद्यालय सुधारका लागी आवश्यक पुर्वाधारका साथै विभिन्न योजना निर्माण गर्नुपर्ने प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

अब बन्ने योजनाहरुमा आपतकालीन शिक्षाको योजना, बिपत योजना, स्टिम शिक्षा, ग्रिन स्कुल जस्ता विषयहरु प्रभावकारी बनाउनका लागि योजनामा समेट्न जरुरी रहेको जोशीको भनाई छ ।

उनले भने, ‘योजनाहरुको सफल कार्यान्वयन गर्न र चुस्त दुरुस्त राख्नका लागि सम्पन्न कार्यशालाले थप सहयोग पुर्याउने र विद्यालय तहको शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि शिक्षकहरुको क्षमता विकास र स्थानीय तहको नीति तथा योजनाहरुमा समेत सहयोग पुर्याउने छ ।’

कार्यशालामा योजना निर्माणमा नीतिगत व्यवस्था, विद्यालय सुधार योजनाका अनुभव र अभ्यास, विद्यालयको लक्ष्य, उद्देश्य, आवश्यकता विष्लेषण, विद्यालय सुधार योजना लगायतका विषयमा छलफल गरिएको छ ।

प्रगतिशील युवासमाजले विद्यालयको सर्वाङीण बिकासमा महत्वपूर्ण भुमिका खेलेको र सोही अनुरुप यस्ता गतिविधि सन्चालन गर्दै आएको प्रगतिशिल युवासमाजका कार्यक्षेत्र अधिकृत शिबराज रोकायाले बताए । आगामी दिनमा शैक्षिक उपलब्धि सुधार गर्न समेत सघाउ पुग्ने उदेश्यले कार्यक्रम सन्चालन गरेको समेत रोकायाको भनाई छ ।

कार्यशालामा सहभागी शिक्षकहरूले आ–आफ्नो विद्यालयको वर्तमान अवस्था, चुनौती र सुधारका उपायहरूबारे समूहगत छलफल गरेका थिए । नगरपालिका शिक्षा शाखा संयोजक निरजप्रसाद रेग्मीले विद्यालय सुधार योजना निर्माणको महत्व, तर्जुमा प्रक्रिया र कार्यान्वयन रणनीतिको सम्बन्धमा सहभागीहरुलाई बताएका थिए ।

रेग्मीले नमुना योजना तयार गरेर सहभागी विद्यालयलाई वितरण गरेको र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आवश्यक क्रियाकलाप समावेश गरी जेठ भित्र आफ्नो विद्यालय सुधारको योजना सम्वन्धीत निकायमा पेस गर्न समेत जानकारी दिएका छन् ।

कार्यक्रमको समापन समारोहमा बोल्दै प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीले विद्यालय सुधार योजनालाई व्यवहारमा उतार्न शिक्षक, विध्यार्थी र अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । योजना तर्जुमा तथा कार्यान्वयनमा पारदर्शिता, समावेशिता र गुणस्तरको मापदण्ड पालना गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज