Advertisement

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

Advertisement

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । कुमाल बेपत्ता भएपछि उनीसँगको ३ वर्षदेखिको प्रेम सम्बन्धमा रहेर विवाह गर्न राजी भएकी बाजुराकी बुढा थरकी युवती खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेकी थिइन् ।

कुमालकी भाउजुले समेत देवरको खोजीका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् तर कुमालको अत्तोपत्तो नलागेपछि अन्ततः दुवै परिवारको समेत सहमतीमा तय भइसकेको विवाह रद्द भएको थियो ।

कुमाल सम्पर्कमा नआएपछि प्रेम सम्बन्धमा रहेकी युवती अब उनको वास्ता नगर्ने निर्णयमा पुग्छिन् । तर प्रेममा भएका बेला विभिन्न समयमा युवकलाई पठाएको झन्डै दुुई लाख पैँसाको चिन्ताले उनलाई पिरोल्न थाल्यो ।

घरपरिवारलाई विभिन्न समयमा युवकलाई एक लाख ८३ हजार रुपैयाँ बैँकमार्फत पठाएको देखाएपछि उनका बुवा उक्त रकम फिर्ता गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेका थिए । तर त्यहाँ केटा पक्षले उनी सम्पर्कमा नभएका कारण रकम दिन नसकिने अडान लिएपछि तनाव सिर्जना भयो ।

प्रहरीले पैँसाको मामला आफैँ मिलाउन आग्रह गर्दै उनीहरुलाई सम्झाइ बुुझाइ गरेको थियो । केटा पक्ष केटी पक्षलाई उक्त रकम फिर्ता गर्न तयार भएर उनीहरु छुट्टिएका थिए । रोचक कुरा के भने, प्रहरी कार्यालयमा रकम फिर्ता लिने÷दिने सहमति गरेको भोलिपल्टै युवती बेपत्ता भनिएका युवकसँगै विवाह गर्न भन्दै भागेर गएको खुलेको छ ।

५ जेठमा उनीहरुबीच रकम फिर्ता दिने सहमती भएको थियो । त्यसको भोलिपल्ट भने युवती उनै युवकसँग भागेको कुरा स्वयंम उनका बुवाले इलाका प्रहरी कार्यालय मालाखेतीलाई जानकारी दिएका थिए । युवक पक्षले समेत युवती युवकसँगै पुगिसकेको बताएको प्रहरीले जनाएको छ । यो सँगै उनीहरुको टुट्नै लागेको प्रेम फेरि जोडिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज