Advertisement

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

Advertisement

blog

बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी

बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँदै बुङ्गल नगरपालिका जोड्ने बागथला–बिजगडा सडकखण्डअन्तर्गतको रातागडा खोलामा स्थायी पुल नहुँदा प्रत्येक वर्ष वर्षातको समयमा सडक अवरुद्ध हुने समस्या हुँदै आएको छ ।

यो सडक बुङ्गल नगरपालिकाको प्रमुख आवागमन मार्ग हो । अधिकांश स्थानमा ग्राभेल गरिएको छ भने केही ठाउँमा कालोपत्रे कार्यसमेत भइरहेको छ । तर रातागडा खोलामा अझै पनि स्थायी पुल निर्माण नहुँदा यातायात सञ्चालनमा अहिले पनि समस्या भइरहेको छ ।

स्थानीय बासिन्दा महेश जोशीका अनुसार, “यसअघि पनि हरेक वर्ष यही खोलामा पानीको बहाव बढ्दा सडक अबरुद्ध हुने गरेको थियो । गत वर्ष लामो समयसम्म सडक बन्द हुँदा बुङ्गल नगरपालिका भित्र खाद्यान्न, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । यस वर्ष पनि त्यस्तै अवस्था दोहोरिने चिन्ता छ ।”

हाल पानीको बहाव कम भएकाले खोलामा अस्थायी काठे पुल राखेर मानिस र खोला बाटै साना सवारी साधनको आवागमन भइरहेको छ । तर वर्षा सुरु भएसँगै पानीको बहाव बढ्ने र काठे पुल बग्ने खतरा रहने भएकाले यातायात पूर्णरूपमा ठप्प हुने अवस्था प्रत्यक वर्ष दोहोरिने गरेको छ ।

स्थानीयवासी नरबहादुर धामीले भन्नुभयो, “अरू सबै ठाउँमा सडक कालोपत्रे गरिएको छ । तर यही खोलामा स्थायी पुल नहुँदा हरेक वर्ष सडक अवरुद्ध हुन्छ । बिरामी, विद्यार्थी र सर्वसाधारणलाई आवतजावतमा निकै समस्या पर्छ ।” यस सडक खण्डका केही स्थानहरू, सेतो पहिरा, पाउटा पहिरो र रातागडा खोला क्षेत्रमा अझै ग्राभिल तथा कालोपत्रे कार्य सम्पन्न हुन सकेको छैन ।

सडक बन्द हुँदा बझाङको सदरमुकाम चैनपुर तथा तराईका जिल्लाबाट बुङ्गल आउने–जाने यात्रुहरू वैकल्पिक र लामो बाटो अपनाउन बाध्य हुने गरेका छन् । यसले यात्राको समय, खर्च र जोखिम थपिएको स्थानीयहरूको गुनासो छ । सवारी चालक डम्बर धामीले भन्नुभयो, “हामी जस्ता चालकलाई सबैभन्दा बढी सास्ती यही खोलाले दिने गरेको छ । पानी परेपछि खोलामै सवारी अड्किन्छन् । न यात्रु चल्न सक्छन्, न सामान पुग्छ । कहिले काँही महिनौं दिनसम्म बाटो बन्द हुँदा यात्रु अलपत्र पर्ने गरेका छन् । स्थानीय तह र सम्बन्धित निकायहरूले पटक–पटक स्थायी पुल निर्माणको प्रतिबद्धता जनाए पनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन। यसैबिच, बुङ्गल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले स्थायी पुल निर्माणका लागि आफुले पहल गरिरहेको र जानकारी दिनुभयो ।

“यो वर्षका लागि भने रातागडा खोलामा अस्थायी समाधानस्वरूप कल्भर्ट निर्माणको पहल भइरहेको छ,”उहाँले भन्नुभयो । हाल सडक कालोपत्रे कार्य केएस कन्सट्रक्सन प्रालिले गरिरहेको छ ।

स्थानीय बासिन्दाहरूले वर्षायाम सुरु हुनु अघि नै स्थायी पुल निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाउन सरकार तथा सरोकारवाला निकायहरूको ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।

लेखक सुरेश धामी, गोरखापत्र 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज